सरकारको निर्देशन, ‘नयाँ ग्याँस नबेच्नु’

निरोज कुमार थापा

निरोज कुमार थापा

Mar 10, 2020 | 05:37:28 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले खाद्यान्न तथा एलपी ग्याँसको अभाव नरहेको बताएका छन् । कोरोना भाइरसको संक्रमण फैलिरहेको अवस्थामा खाना पकाउने ग्याँसको अभाव हुन्छ भन्नेसमेत हल्ला फैलिएको भन्दै उनले अभाव नुहने भएकाले अनावश्यक हल्लाका पछि नलाग्न आग्रह गरे । 

‘नयाँ ग्याँस नबेच्नु’

आवश्यकताभन्दा धेरै ग्याँस सञ्चय गरेर राख्ने नेपालीको बानीको कारण बजारमा अभाव देखिएको उनको भनाई छ । ‘ग्याँस छ तर भर्ने सिलिण्डर छैन, सिलिण्डर सबै उपभोक्ताको घरमा छन्’ सचिव अर्यालले भने, ‘नेपालीहरुको अनावश्यक सञ्चय गर्ने बानीले बजारमा अभाव देखिएको हो ।’ उनले एउटै घरमा १५ वटासम्म ग्याँसका सिलिण्डर भएको पाईएको बताए । नयाँ ग्याँस सिलिण्डर नबेच्न आग्रह गर्दै उनले भने, ‘व्यवसायी तथा विक्रेता साथीहरुलाई मेरो अनुरोध छ, ग्याँसको नयाँ सिलिण्डर नबेचिदिनुस् ।’ 

उनले खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग २५ हजार मेट्रिक टन धान र २५ हजार मेट्रिक टन चामल स्टक रहेको जानकारी दिँदै निजी क्षेत्रका व्यवसायीसँग पनि सोही बराबरको खाद्यान्न स्टक रहेको बताए । 

‘अस्वभाविक मागको क्रस गर्नुस्’

सचिव अर्यालले उपभोक्ताको अस्वभाविक मागलाई विक्रेता तथा व्यवसायीले क्रस गर्नुपर्ने पनि बताएका छन् । उपभोक्ताले जति चाह्यो त्यति नै विक्रि गर्दा अर्को अतिआवश्यकता परेको व्यक्तिले बस्तु तथा सामान नपाउन सक्नेतर्फ ध्यान दिँदै विक्रि वितरण गर्न उनले निर्देशन दिए । 

‘म व्यवसायी साथीहरुलाई भन्नै चाहान्छु, कृपया अस्वभाविक मागलाई क्रस गर्दिनुहोस्’ उनले भने, ‘तपाईहरुले यसो गर्नुभयो भने पनि बजारमा देखिएको अभाव हट्दै जान्छ ।’ 

‘म मुख्यतः ४ कुरा भन्न चाहान्छु’ सचिव अर्यालले भने, ‘यो होल्डिङ गर्ने बेला होईन, आयात सूचारु भएको छ, उत्पादन र वितरण भईरहेको छ, कालोबजारी गर्ने मनोवृत्ति नराखिदिनुस् ।’ 

उनले एमआरपी नलेखेको औषधीजन्य सामान आयातमा व्यवसायीका संघ संगठनले नै आयातकर्तालाई हतोत्साहित गर्नुपर्ने पनि बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved