७ दिनमै ८ लाख सिलिण्डर ग्याँस आयात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2020 | 07:23:50 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले कोरोना भाइरसका कारण पेट्रोलियम पदार्थको अभाव नहुने बताएको छ । निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले पेट्रोल, डिजेल र हवाई इन्धनको मौज्दात पर्याप्त रहेको बताएका हुन् ।

मंगलबार नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको आपुर्ति व्यवस्थाको विद्यमान स्थितिबारेको अन्तरक्रिया कार्यक्रममा उनले उपभोक्तालाई अनावश्यक भण्डारण गर्नेतर्फ नलाग्न आग्रह गरे । ‘अनावश्यक भण्डारण गर्नेतर्फ नलाग्न म उपभोक्ताहरुलाई आग्रह गर्छु’ भट्टराईले भने, ‘अनावश्यक भण्डारण गर्न तिर लाग्दा यसले अर्को दुर्घटना निम्तिने खतरा हुन्छ ।’

उनका अनुसार मार्च १ तारिखदेखि ८ तारिखसम्म ८ लाख सिलिण्डर एलपी ग्याँस आयात भएको छ । भट्टराईले वार्षिक १५ प्रतिशत उपभोक्ता थप हुने गरेको र सोही अनुसार निगमले आयातदर बढाउने गरेको बताए । 

ग्याँस विक्रेताहरुले भने जति पनि सिलिण्डर किन्न पाउने अभ्यासका कारण समस्या सिर्जना भएको बताएका छन् । 

यसैबीच निगमका नायब कार्यकारी निर्देशक भट्टराईले हाल विश्व बजारमा कच्चा तेलको मूल्य घटिरहेको र नेपालमा पनि स्वचालित मूल्य समायोजन प्रणाली अनुसार समायोजन हुने बताए । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved