पेट्रोलियम पदार्थको मूल्य घट्ने संकेत

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 10, 2020 | 07:41:48 PM मा प्रकाशित

laxmi  sunrise bank

पेट्रोलियम पदार्थको मूल्य घट्ने संकेत देखिएको छ । कतारले एकतर्फी रुपमा कच्चा तेलको मूल्य घटाएपछि विश्व बजारमा तेलको मूल्य घटिरहेको छ । यसैका आधार नेपाल आयल निगमले पनि पेट्रोलियम पदार्थको मूल्य घट्न सक्ने जनाएको छ । 

निगमका नायब कार्यकारी निर्देशक भट्टराईले हाल विश्व बजारमा कच्चा तेलको मूल्य घटिरहेको र नेपालमा पनि स्वचालित मूल्य समायोजन प्रणाली अनुसार समायोजन हुने बताएका छन् । 

नेपालले भारतबाट मात्रै पेट्रोलियम पदार्थ आयात गर्छ । भारतले पठाउने मूल्यसूची अनुसार नै निगमले मूल्य समायोजन गर्दै आएको छ । सन् २०२० को सुरुवातदेखि हालसम्म भारतमा तेलको मूल्य ४ रुपैयाँ ५० पैसा भारु घटिसकेको छ । सोमबारसम्म लगातार छैठौँ दिन पनि भारतमा तेलको मूल्य घटिरहेको छ । 

भारतीय आयल कर्पोरेशनले हरेक महिनाको १ र १५ तारिखमा नयाँ मूल्य सूची पठाउँदै आएको छ । मार्चको १५ तारिखसम्म पनि भारतीय बजारमा तेलको मूल्य निरन्तर ओरालो लागिरहे नेपाललमा घटेर नयाँ मूल्य सूची आउनेछ । यदि यो ५ दिनमा मूल्य फेरि बढे नेपाली बजारमा तेलको मूल्य घटबढ नहुन पनि सक्नेछ ।

विश्व बजारमा कच्चा तेलको मूल्य एकैदिन ३० प्रतिशतले कमी आएको छ ।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved