नेपाली अर्थतन्त्रमा कोरोना प्रभाव: ऋण रिसेड्युल गर्नुपरेपनि बैंकहरुको खराब कर्जा बढ्दैन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Mar 17, 2020 | 01:27:55 AM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोनाले नेपालको अर्थतन्त्रमा पार्ने जोखिमबारे व्याख्या गर्ने अवस्था भईनसकेको बताएका छन्। काठमाडौंमा आयोजित नेपाली अर्थतन्त्रमा कोरोना प्रभावको बिषयमा बोल्दै अर्थमन्त्री खतिवडाले  जोखिमलाई अधिक मूल्यांकन या अवमूल्यन दूवै गर्ने  अवस्थामा नरहेको बताए। 

जोखिमलाई अधिमूल्यन वा कममुल्यन गरियो भने त्यसले भयाभव अवस्था सिर्जना हुने बताउदै अर्थमन्त्री खतिवडाले जति जोखिम छ त्यति मात्रै ब्याख्या गर्न आग्रह गरे। नेपालमा जोखिमनै छैन भने पनि छिमेकी मुलुकमा कोरोना देखिएकाले यहाँ प्रभाव पार्ने कुरालाई नकार्न नसकिने उनले बताए। 

कोरोनाले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा पार्ने असर फरक फरक भएको बताउदै अर्थमन्त्री खतिवडाले कोरोना भाइरसको कारणले व्यापार, लगानी श्रम, पर्यटन र  पूँजीप्रवाहमा कुनै न कुनै ढंगले असर पारिरहेको बताए। 

आजसम्मको स्थिति हेर्दा अर्थतन्त्र र ब्यापारलाई ठुलो असर नपरेको स्पष्ट पार्दै अर्थमन्त्री खतिवडाले फागुन मसान्तसम्मको अवधिलाई हेर्दा व्यापारको स्थिति अघिल्ला ६(७  महिनामा जे थियो अहिले पनि त्यही भएको बताए। 

 "औषत हाम्रो व्यापार ८ प्रतिशत, पाँच प्रतिशत र तीन प्रतिशतले घट्दै आइरहेको थियो, आयात प्रतिस्थापन तथा अन्य कतिपय वस्तुको आयातमा निरुत्साहित गरेकाले पनि आयात घटेको छ, फागुन महिनामा आयात  दुइ वा तीन प्रतिशतले  घटे पनि निर्यात चाही करिव २३ प्रतिशतले घटेको छे" अर्थमन्त्री खतिवडाले बताए। 

अर्थमन्त्री खतिवडाले बैंकहरुको अवस्थाबारे अहिलेनै चिन्ता गर्नु नपर्ने बताएका छन। एनपीएलमा ठुलो असर नपर्ने बताए। पर्यटन लगायतका उत्पानमुलक क्षेत्रमा बैंकहरुको लगानी २० प्रतिशतको हाराहारी भएको र त्यसमापनि ठुलो अंश कृषि र बिद्युतमा भएकाले पोर्टफोलियोको हिसाबले पर्यटनमा लगानी ७ प्रतिशत हाराहारी भएकाले एनपीएल तत्काल नबढ्ने उनले बताए। कोरोनाका कारण पर्यटन क्षेत्र लगायतका क्षेत्रमा गरिएको लगानीमा रि सेड्युल गर्नुपर्ने लगयतका अप्ठ्यारा देखिएपनि खराब कर्जा धेरैले नबढ्ने उनले बताए। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved