७ बैंकसँग ऋण लिएर एनसेलले तिर्‍यो लाभकर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2020 | 01:35:02 PM मा प्रकाशित

laxmi  sunrise bank

दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले आइतबार सरकारलाई सम्पूर्ण पुँजीगत लाभकर बुझाएको छ । दुई हप्ताअघि मात्रै दोस्रो किस्ताबापत ४ अर्ब ६० करोड बुझाएको एनसेलले आइतबार १४ अर्ब ३३ करोड लाभकर बुझाएर लाभकरसँग सम्बन्धि दायित्वबाट मुक्त भएको हो । 

एनसेलले अग्रिम लाभकरबापत कुल लाभको १५ प्रतिशत अर्थात् २२ अर्ब रुपैयाँ सुरुमै बुझाईसकेको थियो । बाँकीको १० प्रतिशत लाभकर कोसँग असुल गर्ने भन्ने विवाद भएपछि मुद्दा अदालतसम्म पुगेको थियो । सर्वोच्चले फैसला गर्नासाथ एनसेलले ४ अर्ब ५० करोड रुपैयाँ पुँजीगत लाभकर बुझाएको थियो । दोस्रो किस्ताबापत ४ अर्ब ६० करोड बुझाएको कम्पनीले आज आइतबार अन्तिम किस्तामा १४ अर्ब ३३ करोड बुझाएको हो । योसँगै एनसेलले पुँजीगत लाभकरबापत २३ अर्ब १६ करोड रुपैयाँ बुझाएको छ । 

प्राप्त जानकारी अनुसार एनसेलले आज बुझाएको लाभकर विभिन्न बैंकसँग ऋण लिएर तिरेको हो । नेपाल इन्भेष्टमेन्ट बैंक, नबिल बैंक र ग्लोबल आइएमई बैंकसँग ४÷४ अर्बका दरले ऋण लिएको एनसेलले नेपाल बैंकसँग ३ अर्ब, हिमालयन बैंकसँग २ अर्ब ५० करोड, एभरेष्ट बैंकसँग २ अर्ब  र सानिमा बैंकसँग ५० करोड ऋण लिएको छ । एनसेलले विभिन्न बैंकसँग लिएको २० अर्ब रुपैयाँ ऋणको ब्याजदर सबै बैंकमा समान १०.५ प्रतिशत रहेको बताईएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved