विश्व बैंकले भन्यो, ‘नेपालको आर्थिक वृद्धिदर बढीमा २.८ प्रतिशत’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 12, 2020 | 01:47:32 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व बैंकले नेपालको आर्थिक वृद्धिदरमा भारी गिरावट आउने अनुमान गरेको छ । विश्व बैंकको आइतबार सार्वजनिक रिपोर्ट अनुसार नेपालको आर्थिक वृद्धिदर १.५ प्रतिशतदेखि बढीमा २.८ प्रतिशतमा सीमित हुने उल्लेख गरिएको छ । 

विश्व बैंकले नै ६ महिनाअघि नेपालको आर्थिक वृद्धिदर ६.४ प्रतिशत रहने प्रक्षेपण गरेको थियो । 

कोरोना भाइरसको कारण आर्थिक गतिविधि ठप्प हुँदा प्रतिव्यक्ति आयमा गिरावट आउने भएकाले नेपालको आर्थिक वृद्धिदर बढीमा २.८ प्रतिशत मात्रै हुने विश्व बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved