लिटरमै २० रुपैयाँ बढ्यो खाने तेलको मूल्य

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 17, 2020 | 03:00:41 PM मा प्रकाशित

laxmi  sunrise bank

खाने तेलको मूल्य लिटरमा १० देखि २० रुपैयाँसम्म बढेको छ । सनफ्लावर तेल एक कार्टुनको मूल्य चैत १० गतेसम्म १ हजार ४५० रुपैयाँ थियो । ग्राहकले एक लिटरको १५० रुपैयाँमा पाउँथे ।  तर अहिले उही परिणामको तेलको मूल्य १७० रुपैयाँ प्रतिलिटर पुगेको छ । 

तोरी र सोयाबिनको तेलको मूल्य पनि बढेको छ । लकडाउन सुरु हुनुअघि एक सय ४५ रुपैयाँ लिटरमा पाइने तेलको होलसेल मूल्य अहिले एक सय ६० रुपैयाँ छ । प्रतिलिटर २१० रुपैयाँमा पाइने तोरीका तेलको अहिले होलसेल मूल्य नै २२५ रुपैयाँ पुगेको छ । 

उद्योगहरूले भने ढुवानी खर्च बढ्दा मूल्य बढाउनु परेको दाबी गरेका छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved