५० ग्यास उद्योगको अनुमति खारेज (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 19, 2020 | 12:08:42 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल आयल निगमले ५० ग्यास उद्योगको अनुमति खारेज गरेको छ । ग्यास उद्योग सञ्चालन गर्न अनुमति लिएका तर सञ्चालनमा नआएकाको अनुमति खारेज गरिएको निगमले जनाएको छ । अनुमतिपत्र लिने र खरीदविक्री गर्ने प्रवृत्ति अन्त्य गर्न निगमले उद्योगको अनुमति खारेज गरेको बताएको छ । 

उद्योग विभागमाउद्योग दर्ताका लागि निवेदन दिने र विभागबाट निगमसँग प्रतिक्रिया माग गरेपश्चात सम्पर्कविहीन हुने परिपाटी बढेको भन्दै एलपी ग्यास उद्योग संघको व्यवस्थापनमा समस्या देखिएपछि उद्योगको अनुमति खारेज गरिएको निगमले जनाएको छ । यसबीचमा कुल ५३ उद्योगले एलपी ग्यास विक्री गर्न अनुमति मागेका थिए ।     

निगमले अनुमति पाएको उद्योगलाई तत्काल सञ्चालनमा आउन तीनपटक सूचना पठाउँदा पनि सम्पर्कमा नआएपछि खारेजीमा परेका हुन् । खारेजीमा परेका उद्योगमा सुदूरपश्चिम एलपी ग्यास उद्योग, पूर्वेली ग्यास, बर्दिवास इन्भेष्टमेन्ट मल्टिप्रर्पोज, एचएच कम्पनी, वर्षा ग्यास, जेपी ग्यास, एशियन ग्यास, एक्सप्रेस ग्यास, शिवशक्ति ग्यास, नीलकण्ठ ग्यास, सप्तकोशी ग्यास, हरि ग्यास, कमला ग्यास, दक्षिणकाली ग्यास, सिद्धबाबा ग्यास, मातारानी ग्यास, पञ्चलक्ष्मी ग्यास, विरता ग्यास, विकल्प ग्यास, बुहारी ग्यास, स्मार्ट ग्यास, केदार ग्यास, पूजा ग्यास, सगुन ग्यास र कञ्चनजंगा ग्यास रहेका छन् ।     

सरस्वती ग्यास, आरके ग्यास, श्याम ग्यास, श्रीमाया ग्यास, जयश्री तिरुपति ग्यास, पञ्चकोशी ग्यास, बुद्ध इन्डष्ट्रिज, आदित्य ग्यास, गणेश ग्यास, तिलौराकोट ग्यास, ग्रीन ग्यास, बागेश्वरी ग्यास, सान्भी ग्यास पनि खारेजीको सूचीमा परेका छन् । गौरीशंकर ग्यास (शाखा), हिमालयन पेट्रो केमिकल्स (शाखा), कोशी ग्यास (शाखा), लुम्बिनी ग्यास (शाखा), नारायणी ग्यास (शाखा), नेपाल ग्यास (शाखा), नोबेल ग्यास (शाखा), राजधानी ग्यास (शाखा), सहारा ग्यास (शाखा), सुगम ग्यास (शाखा), भेरी ग्यास (शाखा) र नेपाल ग्यास उद्योग (नारायणी) प्रालि (शाखा)को पनि उद्योग सञ्चालनको अनुमति खारेज भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved