कोरोना रोक्न सरकारले गर्यो ४ अर्ब निकासा, खर्च भएन कोरोना कोषको २१७ करोड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Apr 29, 2020 | 11:33:46 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले कोरोना नियन्त्रण तथा राहतको लागि ४ अर्ब रुपैयाँ निकासा गरेको छ। अर्थमन्त्रालयले कोरोना भाइरसको संक्रमणको बेला सकृय बिभिन्न मन्त्रलायलाई उक्त रकम निकासा गरेको हो। 

रक्षा, स्वास्थ्य, शिक्षा, पर्यटन लगायतका मन्त्रालय मार्फत खर्च हुने गरि ४ अर्ब रुपैयाँ थप निकासा तथा रकमान्तर भएको अर्थका प्रवक्ता उत्तरकुमार खत्रीले  बिजपाटीलाई बताए। कोरोना रोकथाम तथा उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री तथा उपकरण खरिदका लागि उक्त रकम निकासा तथा रकामान्तर गरिएको उनले बताए। 

उनका अनुसार, सबैभन्दा धेरै रक्षा मन्त्रालयलाई २ अर्ब ३४ करोड निकासा गरिएको छ भने त्यसपछि स्वास्थ्य मन्त्रालयलाई १ अर्ब १५ करोड र कोरोना रोकथाम उपचार कोषलाई ५० करोड निकासा गरिएको छ। स्वास्थ्य मन्त्रालय तथा नेपाली सेनाले खरिद गरिरहेको कोरोना उपचारमा प्रयोग हुने स्वास्थ्य सामग्री पनि यहि रकमबाट खरिद गरिएको उनले बताए। 

प्रवक्ता खत्रीकाअनुसार विभिन्न निकायबाट बजेट माग भई आइरहेकाले थप अध्ययन गरी रकम निकासा गर्ने मन्त्रालयको तयारी रहेको छ। ४ अर्ब निकासा गरीएपनि कुन मन्त्रालयले कति खर्च गर्यो भन्ने विवरण आइसकेको छैन। 

कोरोना कोषमा २ अर्ब १७ करोड

कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकार आफैंले सुरुवाती रकम ५० करोड राखेर खडा गरेको कोरोना कोषमा २ अर्ब १७ करोड जम्मा भएको छ। कोष सञ्चालको लागि निर्देशिका तयार भएपनि खर्च भने हुन सकेको छैन।

कोष सञ्चालनको अधिकार राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। पुष्पराज कडेलको संयोजकत्वमा बनेको समितिलाई दिईएको छ। समितिले प्राप्त निवेदनहरुलाई अध्ययन गरेर कोषको रकम वितरण गर्नेछ। कोष स्थापनाको उदेश्य सकिएपछि कोषमा रहेको रकम स्वत प्रधानमन्त्री दैवि प्रकोप कोषमा जम्मा हुनेछ। कोषको रकम नियमानुसार भए नभएको नियमन तथा हिसाब किताब महालेखा नियन्त्रक कार्यालयले राख्नेछ। 

बिदेशी सहयोग जुटाउदै सरकार 

यो बर्ष राजश्व कम उठेको र रेमिट्यान्स पनि घट्ने भएकाले कोरोनाको महामारीबाट अर्थतन्त्र उकास्न सरकार बैदेशिक सहायता जुटाउने तयारीमा लागेको छ। अर्थले यसका लागि विश्व बैंक, एशियाली विकास बैंक, अन्तराष्ट्रिय मुद्रा कोषसँग छलफल गरिरहेको प्रवक्ता खत्रीले बताए। उनकाअनुसार एशियाली विकास बैंकले ३० अर्ब रकम सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ भने अन्य निकायसँग छलफल चलिरहेको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved