५० हजार मेट्रिक टन चिनी किन्दै सरकार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 01, 2020 | 04:52:15 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले दोस्रो मुलुकबाट चिनी आयात गर्ने भएको छ । मौज्दात सकिँदै गएपछि सरकारले तत्काल ५० हजार मेट्रिकटन चिनी आयात गर्न लागेको हो । यसका लागि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले अर्थ मन्त्रालयसँग छलफल थालेको छ । 

मन्त्रालयकी सहप्रवक्ता उर्मिला केसीका अनुसार माग र मूल्य सन्तुलनका लागि तत्काल ५० हजार मेट्रिकटन चिनी आयात गर्नुपर्ने अवस्था रहेको बताएकी छिन् । सार्वजनिक खरिद प्रक्रियाबाट आयात थाल्दा ४५ दिन लाग्ने भएकाले मन्त्रालयले छिटोबाट आयात गर्नेबारे छलफल गरिरहेको छ ।

साल्ट ट्रेडिङ कम्पनी लिमिटेडसँग अहिले ४ हजार १ सय मेट्रिकटन मात्रै चिनीको मौज्दात बाँकी रहँदा देशभरका १२ चिनी मिलमा ६३ हजार २०७ मेट्रिकटन चिनी मौज्दात छ । नेपालमा वार्षिक २ लाख ३० हजार मेट्रिकटन चिनीको माग छ । माग करिब आधा अर्थात् १ लाख २० हजार मेट्रिकटन चिनी स्वदेशमै उत्पादन हुन्छ ।

साल्ट ट्रेडिङले प्रतिकिलो ७३ रुपैयाँमा चिनी बिक्री गरिरहेको छ । तर नेपालमा उत्पादित चिनीको फ्याक्ट्री मूल्य प्रतिकिलो ६५ रुपैयाँ पर्ने भएपनि भ्याट र ढुवानी भाडा जोड्दा प्रतिकिलो ७५ रुपैयाँ पुग्ने चिनी उत्पादक संघका अध्यक्ष शशीकान्त अग्रवाल बताउँछन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved