बाबुराम भट्टराइले आगामी बजेटबारे गरे यस्तो कटाक्ष

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 11, 2020 | 05:01:39 AM मा प्रकाशित

laxmi  sunrise bank

पुर्व प्रधानमन्त्री तथा अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईले ओली नेतृत्त्वको सरकारको आगामी बजेटबारे कटाक्ष गरेका छन्। डा भट्टराइले सरकारको आगामी बजेटको सिद्धान्त र प्राथमिकता क्यान्सरको बिरामीलाई डाक्टरको शल्यक्रिया सट्टा धामीझाँक्रीको झारफूक जस्तो भएको प्रतिकृया दिएका छन्। 

अल्पविकासको दुष्चक्रमा फसेको अर्थतन्त्रलाई कोरोनाले थप थला पारेपछि  स्वास्थ्य,राहत प्याकेज,युवा रोजगारी,कृषि,शि़क्षामा फोकस हुनुपर्नेमा पुरानै कनिका छराई भएको भन्दै भट्टराइले आगामी बजेटमा सामेल गरिएका कार्यक्रमको आलोचना गरेका छन्।

नेपाल सरकारको अर्थमन्त्रीका रुपमा डा. युवराज खतिवडाले प्रतिनिधिसभा तथा राष्ट्रियसभाको बैठकमा आगामी बजेटको प्राथमिकताबारे जानकारी गराएका छन्। अर्थमन्त्री खतिवडाले बिनियोजन बिधेयक २०७७ को सिद्धान्त र प्राथमिकता सम्बन्धमा प्रस्ताव पेश गर्दै आगामी बजेटका प्राथमिकताबारे जानकारी दिएका हुन्। २१ पृष्ठ लामो  बिनियोजन बिधेयक २०७७ को सिद्धान्त र प्राथमिकता मा अर्थमन्त्री खतिवडाले ६१ बुँदामा कार्यक्रम सामेल गरेका छन्। 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved