नेपाललाई अन्तराष्ट्रिय मुद्रा कोषको २६ अर्ब ऋण सहायता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

May 12, 2020 | 02:32:12 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाललाई अन्तराष्ट्रिय मुद्रा कोष आईएमएफ ले करिब २६ अर्ब रुपैयाँ कर्जा दिने भएको छ। आईएमएफ को कार्य समितिको मे ६ मा बसेको बैठकले नेपाललाई शीघ्र कर्जा सुविधा (आरसीएफ) अन्तर्गत  २१४ करोड अमेरिकी डलर अर्थात करिब २६ अर्ब रुपैयाँ कर्जा स्वीकृत गरेको हो। 

आपतकालीन भुक्तानी सन्तुलनका लागि स्वीकृत गरिएको उक्त रकम तत्कालै निकासा गरिने आईएमएफ ले जनाएको छ। नेपालको शीघ्र कर्जा सुविधा ५०औं अनुरोध भएको आईएमएफ ले जनाएको छ। 

कोरोनाको संकटबाट नेपालको अर्थतन्त्रलाई सहि लयमा ल्याउनलाई अर्थमन्त्री डा. युबराज खतिवडाले विभिन्न अन्तर्राष्ट्रिय दातृ निकायका प्रतिनिधिहरुसँग अप्रिल १७ मा भिडियो कन्फेरेन्स गरेका थिए। त्यसपश्चात एशियाली विकास बैंक एडिबीले समेत तीन लाख अमेरिकी डलर बराबरका स्वास्थ्य सामग्री र २५० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण बजेट सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved