विश्व बैंक भन्छ '२०२० मा नेपालको आर्थिक वृद्धि दक्षिण एसिया कै उच्च'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 10, 2020 | 11:14:44 AM मा प्रकाशित

laxmi  sunrise bank

विश्व बैंकले कोरोना महामारीका कारण विश्व अर्थतन्त्र शिथिल बनेको र विश्वभरका देशको आर्थिक वृद्धिदरमा ठूलो झट्का लाग्ने  प्रक्षेपण गरेको छ । विश्व बैंकले विश्व अर्थतन्त्रले दोस्रो विश्व युद्दपछि कै सबै भन्दा खराब आर्थिक मन्दी तर्फ धकेलिने चेतावनी दिएको छ । 

विश्व बैङ्कले ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स २०२०’ सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । प्रतिवेदनले सन् २०१९ को आर्थिक वृद्धिको अनुमान, र २०२१ र २०२२ को आर्थिक वृद्धिबारेको प्रक्षेपण सार्वजनिक गरेको हो । २०१९ समाप्त भईसकेको भएपनि यकिन विवरण आउँन समय लाग्ने भएकोले २०१९ को अनुमानित तथ्यांक राखिएको हो 

विश्व बैंकको तथ्यांक अनुसार दक्षिण एसियाका अरु देश भन्दा नेपाल केहि अगाडी रहेको देखिन्छ । विश्व बैंकले सन् २०१९ को लागि गरेको अनुमानमा नेपालको आर्थिक वृद्धिदर बंगलादेशपछिको दोस्रो छ । बंगलादेशको आर्थिक वृद्धिदर ८.२ प्रतिशत अनुमान रहेको छ भने नेपालको ७.० प्रतिशत हुने अनुमान छ । त्यस्तै माल्दिभ्सको ५.२ प्रतिशत, भारतको ४.२ प्रतिशत र भुटानको आर्थिक वृद्धि ३.९ प्रतिशत हुने अनुमान छ । अफगानिस्तान , श्रीलंका र  पाकिस्तानको आर्थिक वृद्धि भने क्रमश २.९, २.३ र १.९ प्रतिशत हुने विश्व बैंकको अनुमान छ । २०१९ मा दक्षिण एसियाको औसत आर्थिक वृद्धि ४.७ प्रतिशत हुने अनुमान छ 

त्यस्तै २०२० मा भने  नेपालको आर्थिक वृद्धि दक्षिण एसिया कै उच्च हुने प्रक्षेपण विश्व बैंकको छ । २०२० मा नेपालको आर्थिक वृद्धि १.८ प्रतिशत हुने प्रक्षेपण छ । त्यस्तै नेपालपछि बंगलादेशको आर्थिक वृद्धि १.६ प्रतिशत र भुटानको १,५ प्रतिशत हुने अनुमान छ । बाँकि ५ देशको आर्थिक देशको आर्थिक वृद्धि भने सन् २०२० मा ऋणात्मक हुने प्रक्षेपण छ । जस अनुसार माल्दिभ्सको सबैभन्दा बढी १३ प्रतिशत, अफगानिस्तानको ५.५ प्रतिशत, श्रीलङ्काको ३.२ प्रतिशत, भारतको ३.२ प्रतिशत र पाकिस्तानको २.६ प्रतिशतले वृद्धिदर ऋणात्मक हुने विश्व बैङ्कको प्रतिवेदनमा उल्लेख छ । यस अवधिमा दक्षिण एसियाको औसत आर्थिक वृद्धिदर पनि २.७ प्रतिशतले घट्ने प्रक्षेपण छ  । 

त्यस्तै सन् २०२१ मा भने पाकिस्तान बाहेक सबै देशको आर्थिक वृद्धि सकारात्मक हुने विश्व बैंकको प्रक्षेपण छ । तर श्रीलंकाको आर्थिक वृद्धि भने स्थिर रहदै ०.० प्रतिशत नै हुने विश्व बैंकको प्रक्षेपण छ ।  विश्व बैंकको प्रक्षेपण अनुसार सन् २०२१ मा मदिभ्सको आर्थिक वृद्धि सबै भन्दा धेरै ८.५ प्रतिशत हुने देखिन्छ । २०१९ मा १३ प्रतिशतले घट्ने प्रक्षेपण रहेको माल्दिभ्सले २०२१ मा दक्षिण एसिया कै उच्च आर्थिक वृद्धि हँसिल गर्ने प्रक्षेपण गरिएको  । माल्दिभ्सपछि उच्च आर्थिक वृद्धि गर्ने देशमा दोस्रोमा भारत (३.१ प्रतिशत ) र तेस्रोमा नेपाल (२.१ प्रतिशत ) रहेको छ । त्यस अवधिमा भुटानको आर्थिक वृद्धि १.८ प्रतिशत र बंगलादेश र अफगानिस्तानको आर्थिक वृद्धि समान १-१ प्रतिशत हुने विश्व बैंकको प्रक्षेपण छ । 



२०१७ मा भने नेपालले दक्षिण एसिया कै सबै भन्दा उच्च आर्थिक वृद्धि (८ प्रतिशत ) हासिल गरेको र २०१८ मा तेस्रो उच्च आर्थिक बृद्दि (६.७प्रतिशत) हँसिल रहेको विश्व बैंकको प्रतिवेदनमा उल्लेख छ। 

विश्व बैंकले यो प्रतिवेदन तयार पार्ने क्रममा जीडीपी गणनामा सम्बन्धित देशमा प्रयोग भई आएको विधि नै प्रयोग गरेको जनाएको छ । तर पाकिस्तानको जीडीपी 'फ्याक्टर कस्ट' विधिमा निकालिएको जनाएको छ । त्यस्तै बंगलादेश, भुटान, पाकिस्तान र नेपालको हकमा २०१९ को अनुमान आर्थिक वर्ष २०१८/१९ लाई आधार मानेर गरिएको उल्लेख छ ।  भारतको हकमा २०१८ को तथ्यांक आर्थिक वर्ष २०१८/१९ को भएको विश्व बैंकले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved