आज २ खर्ब खर्च गरेमात्र सरकारको बजेट लक्ष्य पूरा हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 15, 2020 | 09:38:13 AM मा प्रकाशित

laxmi  sunrise bank

सरकारलाई पुँजीगत खर्चको लक्ष्य  पुरा गर्न आज मात्र २ खर्ब बढी रकम खर्च गर्नु अवस्था आएको छ । चालु आर्थिक वर्ष सकिन एक दिन मात्र बाँकि रहँदा सरकारको पुँजीगत खर्च ४४.२९ प्रतिशत मात्र छ  । 

असार ३० गते सम्म सरकारले पुँजीगत तर्फ १ खर्ब ८० अर्ब ७० करोड खर्च गरेको छ । चालु आर्थिक वर्षको लागि ४ खर्ब ८ अर्ब छुट्याईएकोमा लक्ष्य पुरा गर्न आज मात्र २ खर्ब २७ अर्ब २९ करोड खर्च गर्नु पर्ने अवस्था आएको हो 

चालु आर्थिक वर्ष सकिन एक दिन मात्र बाँकि रहँदा सरकारको कुल खर्च लक्ष्यको ७०.५० प्रतिशत छ। जसमा चालु खर्च लक्ष्य ८२.१२ प्रतिशत खर्च भएको छ भने पुँजीगत ४४.२९ प्रतिशत र वित्तीय व्यवस्थामा लक्ष्यको ६७.९७ प्रतिशत खर्च भएको  महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ  

आर्थिक वर्ष सकिन १ दिन बाँकि रहँदा राजश्व लक्ष्य भने ६९.१२ प्रतिशतमात्र पुरा भएको छ । सरकारको अनुदान लक्ष्य भने २८.९९ प्रतिशत मात्र रहेको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved