लकडाउन हुँदा पनि सरकारले उठायो अघिल्लो वर्षको भन्दा बढी कर

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jul 16, 2020 | 04:47:08 PM मा प्रकाशित

laxmi  sunrise bank

लकडाउन भएर ४ महिना ब्यापार व्यबसाय प्रभावित हुँदा पनि गत आर्थिक वर्षमा अघिल्लो आर्थिक वर्षको भन्दा बढी राजश्व उठेको छ । आन्तरिक राजश्व विभागका अनुसार आर्थिक वर्ष ७६/७७ मा आर्थिक वर्ष ७५/७६ को भन्दा ७ प्रतिशत अर्थात २६ अर्ब बढी राजश्व उठेको हो । आर्थिक वर्ष ७५/७६ मा ३५८ अर्ब ४१ करोड राजश्व उठेको विभागले जनाएको छ ।  

विभागका अनुसार आर्थिक वर्ष ७६/७७ मा सरकारले ३ खर्ब ८४ अर्ब ३१ अर्ब राजश्व उठाएको छ । जस मध्ये २१७ अर्ब २६ करोड आयकर, ९८ अर्ब २२ करोड मूल्यअभिवृद्धि कर, ६४ अर्ब ७९ करोड अन्तशुल्क र शिक्षा सेवा शुल्क रहेको छ ।  

विभागले आर्थिक वर्ष ७६/७७ मा १ लाख ९४ हजार व्यबसायीक  लेखा नम्बर र ९ लाख ५३ हजार व्यक्तिगत लेखा नम्बर गरि कुल ११ लाख ४७ हजार नयाँ करदाता थपिएको विभागले जनाएको छ। 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved