व्यवसायीलाई मागे भन्दा पनि बढी सुविधा, खाता प्रमाणिकरणको म्याद थप

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 07, 2020 | 06:24:21 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले खरिद बिक्रि खाता प्रमाणीकरणको म्याद थप गरेको छ। कोभिड १९ का कारण उत्पन्न असहज परिस्तिथिलाई ध्यानमा राखेर व्यवसायीको सहजताको लागि खरिद बिक्रि खाता प्रमाणीकरणको म्याद पुस मसान्तसम्म थप गरिएको आन्तरिक राजश्व बिभागले जनाएको छ। 

व्यवसायीहरुको माग भन्दा पनि थप लचिलो बनेर सरकारले पुससम्म म्याद थप गरेको विभागका उपमहानिर्देशक मुक्तिप्रसाद पाण्डेले बताए। उनकाअनुसार व्यवसायीहरुले असोज मसान्तसम्म म्याद थप माग गरेपनि सरकारले पुष मसान्तसम्म म्याद थप गरेको हो। 

मुल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा १६९३० अनुसार भ्याटमा दर्ता भएका करदाताहरुले प्रत्येक वर्ष कर अधिकृतबाट खरिद तथा बिक्री खाता प्रमाणित गराउनु पर्ने कानूनी प्रावधान छ। 

तर कोरोनाको असहज परिस्तिथिलाई दृष्टिगत गरेर बिभागले आर्थिक वर्ष २०७७/०७८ का लागि मासिक र द्विमासिक र चौमासिक कर विवरण वुझाउने करदाताको खाता प्रमाणित गर्ने म्याद २०७७ पुस मसान्त सम्म कायम गरेको हो।

यसअघि विभागले २०६० भदौ ३० को निर्णयानुसार मासिक कर विवरण पेश गर्ने करदातालाई श्रावण महिना भित्र तथा चौमासिक कर विवरण पेश गर्ने करदातालाई कार्तिक महिना भित्र खाता प्रमाणित गराउनु पर्ने गरी परिपत्र गर्थ्यो।


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved