नेपालले एडीबीबाट २४ अर्ब ऋण लिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 18, 2020 | 05:51:02 PM मा प्रकाशित

laxmi  sunrise bank

अन्तरदेशिय विद्यूत प्रसारण तथा वितरण प्रणालीका लागि नेपालले एसियाली विकास बैंक (एडीबी) बाट २४ अर्ब रुपैयाँ (२ सय मिलियन डलर) सहुलियतपूर्ण ऋण लिने भएको छ । उक्त ऋण लिन अर्थ मन्त्रालयलाई स्वीकृति दिने निर्णय भएको सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्त तथा अर्थ मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

त्यस्तै नर्वेबाट पनि ४ अर्ब रुपैयाँ अनुदान समेत स्वीकार गर्ने निर्णय मन्त्रिपरिषले गरेको प्रवक्ता खतिवडाले बताए । चालु आर्थिक वर्षको बजेटमा सरकारले २ खर्ब ९९ अर्ब ५० करोड वैदेशिक ऋण लिने योजना बनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved