महामारीका बावजुद नेपालको आर्थिक स्थिति सकारात्मक: मन्त्री खतिवडा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 21, 2020 | 07:42:31 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री डा. युवराज खतिवडाले कोभिडको महामारीका बीच पनि नेपालका केही आर्थिक परिसूचकहरु सकारात्मक रहेको बताएका छन् । मन्त्री खतिवडाले विश्व बैंकका दक्षिण एशिया क्षेत्रका उपध्यक्ष हार्टविग सेफरसंग शुक्तबार भिडियो कन्फेरेन्स मार्फत कोरोना रोकथामका बारेमा नेपाल सरकारले गरेका कार्याहरुको छलफलका क्रममा यस्तो बताएका हुन् । 

उनले कोरोनाले नपालको पर्यटन, उत्पादनमूलक उद्योगहरु र निमार्ण क्षेत्र बढी प्रभावित भएकाले वृद्धिदर न्यून हुने भएतापनि आर्थिक वृद्धि बाहेकका अन्य समग्रह अर्थिक परिसूचकहरु सकारात्मक  ने रहेको उल्लेख गरेका छन् । त्यस्तै मन्त्री खतिवडाले पतिकूलताका बावजुद मुद्रास्फिति ६ प्रतिशतको हाराहारीमा रहेको, चालू खाता घाटा कुल ग्राहस्थ उत्पादनको २ प्रतिशतमा सीमित रहेको र शोधान्तर बचत १.६ अर्ब अमेरिकी डलर भन्दा बढी नै रहेको उल्लेख गरेका छन् ।

यसका साथै सरकारको संचित खाता घातामा नगएको, वित्तीय क्षेत्र सुदृढ रहेको समेत काराणले समग्ररुपमा नेपालको आर्थिक स्थायित्व कायम गर्न सफलता मिलेको समेत छलफलमा उल्लेख गरेका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved