२० प्रतिशतले घट्यो व्यापार घाटा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2020 | 12:48:11 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०७७/०७८ को पहिलो दुई व्यापार घाटामा कमी आएको छ । गत आर्थिक वर्ष २०७६/०७७ को यहि अबधिको तुलनामा १९ दशमलव ६४ प्रतिशतले कमी आएको हो । 

भन्सार विभागले सार्वजनिक गरेको साउन र भदौ महिनाको तथ्यांकानुसार व्यापार घाटामा कमी सगैँ निर्यातमा बृद्धि भएको छ । १९.६४ प्रतिशतले कमीआउदा वैदेशिक व्यापार १ खर्ब ९९ अर्ब २८ करोड रुपैयाँमा झरेको छ । गत आवको यहि महिनामा २ खर्ब ४८ अर्ब रुपैयाँबराबरको वैदेशिक व्यापार भएको थियो ।  

२ महिनाको अबधिमा आयातमा २२ प्रतिशतले कमी आउँदा निर्यातमा १० प्रतिशतले बृद्धि भएको छ । १ खर्ब ८७ अर्ब ८४ करोड बराबरको आयात हुँदा २० अर्ब ४४ करोड बराबरको निर्यात भएको छ । 

गत आव ०७६/७७ को दुई महिनामा २ खर्ब २९ अर्ब ५० करोड रुपैयाँको आयात र १८ अर्ब ५० करोड रुपैयाँको मात्रै निर्यात भएको थियो । व्यापार घाटा करिब २५ प्रतिशत घटेको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved