२ महिना मै ४१ करोडको मास्क र स्यानिटाइजर आयात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2020 | 01:43:02 PM मा प्रकाशित

laxmi  sunrise bank

गत चैत यता मात्र नेपालमा भारत लगायतका देशबाट ठूलो मात्रामा आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७७÷०७८ को २ महिनाको तथ्यांक अनुसार यस अवधिमा ४१ करोडभन्दा बढीको मास्क तथा स्यानिटाइजर आयात भएको हो । 

औषधि व्यवस्था विभागको तथ्यांक अनुसार ६२ वटा स्यानिटाइजर उद्योग दर्ता भएतापनि २ महिनामा साढे २६ करोड बराबरको स्यानिटाइजर भित्रिएको छ । विभागले गुणस्तरहीन स्यानिटाइजर उत्पादन गरेको भन्दै विभिन्न उद्योगका उत्पादनलाई बिक्री वितरणमा प्रतिवन्ध लगायतापनि निर्वाध रुपमा आयात भैरहेको छ । २ महिनामा विभिन्न ७ देशबाट ७० लाख १३ हजार लिटर बढी स्यानिटाइजर नेपालमा भित्रिएको हो । जसमा सबैभन्दा धेरै भारतबाट भित्रिएको छ । भारतपछि चीन, भियतनाम, युएई, दक्षिण कोरिया, न्युजिल्याण्ड र जापानबाट धेरै स्यानिटाइजर आयात भएको छ । 

यसैगरी विभिन्न २३ देशबाट साढे १४ करोड बढीको फेस मास्क भित्रिएको छ । भन्सारको तथ्यांक अनुसार १४ करोड ५२ लाख १२ हजार बराबरको स्यानिटाइजर भित्रिदा २ करोड ७३ लाख राजश्व संकलन भएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved