२ महिनामा साढे २ अर्बको चिनी आयात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2020 | 03:29:15 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०७७/७८ को दुई महिनामा भारत र अष्ट्रलिया गरी दुई देशबाट साढे २ अर्ब बराबरको चिनी आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार २ महिनाको अबधिमा २ अर्ब ४७ करोड ३७ लाख ११ हजार मूल्य बराबरको ५ करोड ५ लाख १० हजार किलो चिनी आयात भएको हो । 

ठुलो परिणाममा चिनी आयात भएपनि केही समयअघि देखि निजी व्यवसायी र सरकारी कम्पनी साल्ट ट्रेडिङ कर्पोरेशनसँग चिनीको मौज्दात सकिएको भन्दै बजारमा बढी मूल्य लिईएको छ । कर्पोरेशनले प्रतिकिलो ७२ मा बिक्री गर्दै आएको चिनी नीजी क्षेत्रका व्यापारीले अभाव देखाउँदै प्रतिकिलो ९६ रुपैयाँसम्म बिक्री गर्दै आएका छन् । 

नेपाल चिनी उत्पादक संघका अध्यक्ष शशिकान्त अग्रवाल पर्याप्त मात्रामा चिनीको आयात भएको र अझै आयातको प्रक्रियामा रहेको भन्दै अभाव नभएको बताउँछन् । मासिक रुपमा २० हजार मेट्रिक टन चिनीको माग भएको भन्दै मागभन्दा धेरै आयात भएको भन्दै पर्याप्त मौज्दात रहेको उनको दाबी छ । 

उनका अनुसार सरकारले साल्ट ट्रनिङ कर्पोरेशनलाई २० हजार मे.टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई १० गरी ३० हजार मे.टन चिनी ५० प्रतिशत भन्सार छुटमा आयातको अनुमति दिँदा सस्तो भएको हो । ‘भन्सार छुट सगैँ भ्याटमा समेत उनिहरुलाई छुट हुन्छ, हामीले सबै तिरेर ल्याउँदा केही महङगो पर्न गएको हो’, उनले भने । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved