विभागसँग आफ्नै प्रहरी नहुँदा बजार अनुगमनमा समस्या

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 02, 2020 | 02:06:35 PM मा प्रकाशित

laxmi  sunrise bank

बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले प्रहरी बिना नै जोखिम मोलेर नियमित रुपमा बजार अनुगमन गर्दै आएको छ। विभागमा खटाईएका प्रहरीलाई महानगरिय प्रहरी परिसरले फिर्ता लगेपछि विभागका अधिकारीहरुले प्रहरी बिना नै जोखिम मोलेर  अनुगमान गर्दै आएका हुन्। 

बजार अनुगमनका क्रममा हूलदंगा रोक्न र टोलीलाई सुरक्षा दिन प्रहरी खटाइने गरिएको थियो। तर गत जेठ यता विभागलाई दिईएको सई, असई र दुई हवल्दारसहित चार जना फिर्ता लगेपछि अनुगमनमा समस्या भएको जनाईएको छ । ‘नियमित बजार अनुगमन बाहेक सूचनाका आधारमा आकष्मिक रुपमा धेरै स्थानमा बजार अनुगमन गर्नपर्छ, जाने समय नै यकिन हुँदैन कसरी परिसरबाट प्रहरी बोलाउने’, विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले भने, ‘हामीहरु यतिकै अनुगममा गएको देखेपछि व्यापारीले टेर्दैनन्, कति स्थानमा ढुंगामुढा हान्ने सम्मका गतिविधि हुँदा कुटाइ खानुपरेको छ ।’ 

पटक÷पकट विभागलाई दिईएको प्रहरी पुनः दिन अनुरोध गर्दा समेत हालसम्म कुनै सुनुवाई नभएको उनी बताउँछन् । उनले भने 'जाडपर्व सुरु भएको छ, हामीले बजार अनुगमनका कर्मचारी थप गरेर दैनिक ७ समूहसम्म बजार अनुगमन गर्ने गरेका छौँ, तर प्रहरीबाट खासै सहयोग भएन् । '

आवश्यक पर्दा सहयोग गर्ने भनिएपनि त्यो प्रभावकारी नभएको विभागका अधिकारीहरु बताउँछन् ।उनी भन्छन् ' बजार अनुगमनमा जाने समय नै निश्चिित हुँदैन, कति बेला प्रहरी माग गर्ने । प्रहरीलाई कुरेर बस्ने कि तत्काल अनुगमन गर्ने, विभागका अधिकारीहरु भन्छन, जोखिम मोलेर अनुगमन गर्नुपरेको छ । '

प्रहरी नहुँदा हिजो बिहिबार पनि विभागलाई समस्या भएको छ । बिहीबार कंलकीमा म्याद सकिएका खाद्य पदार्थको रि प्याकिङ हुँदैछ भन्ने गुनासोको आधारमा  प्रहरी र विभागको संयुक्त टोलिले छापा मारेर ८ जनालाई नियन्त्रणमा लियो । तर नियन्त्रणमा लिईएको ८ जनालाई साझँ राख्न समेत प्रहरीबाट असहयोग भएको विभागले जनाएको छ ।

संयुक्त रुपमा छापा मारेको र साँझ पीसीआर रिपोट चाहिने भन्दै टेकु, बानेश्वर लगायतका परिसरमा राख्न नमानेपछि उद्योग मन्त्रीलाइ समेत फोन गर्नुपरेको विभागले जनाएको छ । गल्ती गरेको प्रमाण भएको मानिसलाई नियन्त्रणमा लिएर राख्न समेत आनाकानी गर्दा चाडपर्व लक्षित बजार अनुगमनमा अवरोध सिर्जना भएको अधिकारीहरुको गुनासो छ । 

महानगरिय प्रहरी परिसर काठमाडौँका एसएसपी श्याम ज्ञवाली शान्ती सुरक्षा दिने जुनसुकै काममा प्रहरी तयार रहेको भन्दै नियमित रुपमा समन्वय भएको बताउँछन् । ‘विभागमा नै प्रहरी राख्न दरबन्दी छैन, पहिला के सहमति भएर राखियो थाहा भएन, विभागले प्रहरीको गलत प्रयोग गरेको पाईएपछि हामीले फिर्ता ल्याएका हौँ’, उनले भने, ‘उहाँहरुलाई आवश्यकता पर्दा सहयोग माग्नुहुन्छ, हामी तत्काल  उपस्थित भएर सहयोग गर्ने गरेका छौँ ।’ 

बजार अनुगमनका लागि सहयोग गर्न दिईएको प्रहरीलाई विभागका कर्मचारीले गर्ने काम लगाउने गरेको भन्दै फिर्ता लगिएको थियो । प्रहरीले व्यापारीलाई फोन गरेर जरिवाना गरिएका रकम दाखिला देखि टोल फ्रि नम्बरमा आएको फोनहरु समेत उठाउन लगाउने गरेको भन्दै फिर्ता लगेर आवश्यक पर्दा पठाउने गरिएको ज्ञवाली बताउछन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved