नेपालको आर्थिक वृद्धि ०.६ % मात्रै, ऋण ह्वात्तै बढ्ने प्रक्षेपण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 08, 2020 | 02:12:34 PM मा प्रकाशित

laxmi  sunrise bank

विश्व बैंकले सन् २०२१ मा नेपालको आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्र कायम हुने प्रक्षेपण गरेको छ। विश्व बैंकले गरेको यो प्रक्षेपण नेपाल सरकारको लक्ष्य भन्दा धेरै नै कम हो । सरकारले चालू आर्थिक वर्ष २०७७/७८ आर्थिक वर्षमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने लक्ष्य राखेको छ । 

विश्व बैंकले सन् २०२० मा को आर्थिक वृद्धि पनि  ०.२ प्रतिशतमात्र हुने अनुमान गरेको छ ।  नेपाल सरकारले भने सन् २०२० मा २.३ प्रतिशतको वृद्धिदर हुने अनुमान गरेको छ । विश्व बैंकले सन् २०२२ सम्म नै कोरोना भाइरस संक्रमणको प्रभाव रहने र त्यसलाई आर्थिक वृद्धिलाई असर गर्ने जनाएको हो । बैंकले बिहीबार ‘साउथ एसिया इकोनोमिक फोकस’ सार्वजनिक गर्दै यस्तो प्रक्षेपण गरेको हो । विश्व बैंकले नेपाल सहित अन्य दक्षिण एसियाली देशको लागि आर्थिक प्रतिवेदन सार्वजनिक गरेको हो ।

विश्व बैंकले नेपाल सामान्य अवस्थामा फर्कन २०२२ सम्म लाग्न सक्ने जनाएको छ । विश्व बैंकले अन्य देशमा कोरोना संक्रमितको दर घट्दो कममा  रहेपनि नेपाल र भारतमा बहने संक्रमण दर बढ्दै जानु चिन्ताको विषय भएको जनाएको छ । कोरोना महामारीले नेपालका अनौपचारिक क्षेत्रका कामदार,  सामाजिक सुरक्षा र सहायतामा नसमेटिएका मानिसहरूलाई सबैभन्दा गम्भीर असर परेको र उनीहरु चरम गरिबीमा धकेलिने सम्भावना छ रहेको विश्व बैंकले उल्लेख गरेको छ ।

विश्व बैंकले कोरोना माहामारीको कारण नेपालको कुल ऋण पनि बढ्ने उल्लेख गरेको छ । सन् २०१९ मा नेपालको कुल ऋण जीडीपीको ३०.१ प्रतिशत रहेकोमा सन् २०२०, २०२१ र २०२२ मा  त्यो बढेर क्रमश ३८.३ प्रतिशत, ४३.६ प्रतिशत, ४६.७ प्रतिशत पुग्ने विश्व बैंकको प्रक्षेपण रहेको छ । 



Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved