असोजमा ६ महिना यता कै धेरै वस्तु आयात, व्यापार घाटा पनि बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2020 | 12:00:10 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरस संक्रमणलाई ध्यानमा राख्दै गत चैत ११ गतेदेखि गरिएको बन्दाबन्दीका कारण ओरालो लागेको आयातमा बृद्धि भएको छ । बन्दाबन्दी खुलेसगैँ नेपालमा चाडपर्व सुरु हुँदा आयातमा बृद्धि भएको भन्सार विभागले जनाएको छ । 

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार असोजमा  गत चैत यताकै सबैभन्दा धेरै आयात भएको छ । गत आर्थिक वर्ष औषत मासिक आयात १ खर्ब १२ अर्ब रुपैयाँ रहेकोमा बन्दाबन्दीका कारण चैतमा ५८ अर्ब बराबरको आयात भएको थियो । तथ्यांक अनुसार चैतदेखि साउनसम्म न्यून रहेको आयात बन्दाबन्दी खुलेसगैँ बढेको हो ।  नेपाल सरकारले विभिन्न वस्तु आयातमा लगाएको बन्देज खारेज गरेपछि आयातमा बृद्धि भएको हो । 

चैतमा ५८ अर्बको आयात भएकोमा असोज महिनामा १ खर्ब १३ अर्ब बराबरको आयात भएको छ । गत तीन महिनाको अबधिमा २ खर्ब ९२ अर्ब २६ करोडको आयात भएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२ प्रतिशतले कमी हो । गत आवको सोही अबधि अर्थात असोज मसान्तसम्ममा ३ खर्ब ३४ अर्ब ९५ करोडको सामग्री आयात भएको थियो । 

यसैगरी आयात सगैँ निर्यातमा पनि बृद्धि भएको छ । अघिल्लो आबको तुलनामा यस आवमा नेपालको निर्यात १४ प्रतिशतले बढेर ३१ अर्ब ४ करोड पुगेको छ । गत आवको असोज मसान्तसम्ममा नेपालले २७ अर्ब १६ करोडको निर्यात गरेको थियो ।

१० प्रतिशतले व्यापार घाटामा  बृद्धि 

त्यस्तै असोजमा ७ महिनाकै धेरै आयात हुँदा व्यापार घाटा १० प्रतिशतले बृद्धि भएको छ । चालू आर्थिक वर्ष २०७७÷०७८ कोे पहिलो दुई महिनासम्म व्यापार घाटामा कमी आएको थियो । आयातमा कमी सगैँ निर्यातमा बृद्धि हुँदा व्यापार घाटामा कमी आएतापनि असोजमा ब्यापार घाटा बढेको हो ।

तीन महिनाको अवधिमा व्यापार घाटा साढे २ अर्ब पुगेको छ । भन्सारले सार्वजनिक गरेको असोज मसान्तसम्मको तथ्यांक अनुसार ३ खर्ब २३ अर्ब ४० करोडको वैदेशिक व्यापारबाट नेपालले २ खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ घाटा बेहोरेको हो । गत आवको सोही अबधिमा ३ खर्ब ६२ अर्ब ११ करोड बराबरको बैदेशिक व्यापार भएको थियो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved