नवनियुक्त राजदुत र परिसंघका पदाधिकारीबीच भेट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 05, 2020 | 04:03:05 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघको टोलिले पाकिस्तानका लगि नवनियुक्त नेपाली राजदुत तपस अधिकारीसंग भेटवार्ता गरेको छ । परिसंघले पाकिस्तान र टर्कीसँग आर्थिक साझेदारी तथा द्विपक्षिय व्यापार प्रवद्र्धनकालागि सहकार्य बढाउनु पर्नेमा पाकिस्तानमा कार्यभार सम्हाल्न जान लागेका नेपाली राजदुतसँग भेटेर आग्रह गरेको हो ।

राजदुत अधिकारिसँगको अन्तक्र्रियामा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले परिसंघले आर्थिक कुटनीतिलाई उच्च महत्व दिदैं आएको बताए । त्यस्तै  उनले देशको आर्थिक विकासका लागि लगानी तथा व्यापार प्रवद्र्धनका लागि आर्थिक कुटनीतिमा विभिन्न देशमा रहेका नेपाली दुतावासहरुसंग परिसंघले संवाद तथा सहकार्यलाई सुदृढ गर्न प्रयासरत रहेको उल्लेख गरे । 

यस्तै उनले मित्रराष्ट्र पाकिस्तानसंगको लगानी तथा व्यापारिक सम्बन्ध विस्तार गर्न त्यहाँको सरकार र लगानीकर्ताहरुसँग सम्बन्ध सुदृढ गर्न राजदुतावासहरुको थप सकृयता आवश्यक रहेकाले यसमा नवनियुक्त राजदुतहरुले भूमिकानिर्वाह गर्नेमा आफु विश्वस्त रहेको बताए । लगानी साझेदारी तथा व्यापार विस्तारका सम्भावना अत्यधिक हुदाँहुदै पनि आपूर्ती प्रणालीमा रहेका अवरोधले समस्या पारिरहेकोले त्यसमा आवश्यक पहल गर्न पनि उनले राजदुत अधिकारीसँग आग्रह गरे ।

छलफलमा राजदुत अधिकारीले नेपाल र पाकिस्तानबीच रहेको हार्दिकतापूर्ण सम्बन्धको उपयोग गरेर द्विपक्षिय व्यापार तथा लगानी विस्तारमा देखिएका अवरोध हटाउने कामलाई मुख्य प्राथमिकतामा राखेको बताए । नेपालले पाकिस्तानमा ठूलो परिमाणमा चिया तथा अलैची निर्यातको अवसरलाई उपयोग गर्न वैकल्पिक आपूर्ती प्रणालीका उपायहरुबारे थप अध्ययन तथा काम थाल्नु पर्नेराजदुत अधिकारीको भनाई रहेको परिसंघले जानकारी दिएको छ ।

राजदुत अधिकारीले द्विपक्षीय आर्थिक तथा पर्यटन प्रर्वद्धनका संयन्त्रलाई पुनः सकृय बनाउने तर्फ पनि आफुले पहल गर्ने विश्वास व्यक्त गरे । यसैगरि टर्कीलाई पनि प्रतिनिधित्व गर्ने भएकाले त्यसतर्फको निर्यात बढाउने तर्फ ध्यानदिनु पर्ने पनि राजदुत अधिकारीले आग्रह गरे ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved