निजी क्षेत्रसँग सम्पर्कमा रहेर कार्य गर्ने नवनियुक्त राजदुतको इच्छा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 08, 2020 | 06:53:46 PM मा प्रकाशित

laxmi  sunrise bank

जर्मनका लागि नवनियुक्त राजदुत राम काजी खड्काले नेपाल उद्योग वाणिज्य महासंघका पधादिकारीहरुसंग भटेका छन् । भेटमा उनले राष्ट्रको आर्थिक विकासका लागि आफ्नो कार्यकाललाई अधिकतम सदुपयोग गर्दै आफू कार्यरत देशबाट मुलुकभित्र लगानी, प्रविधि तथा आपसी सम्बन्ध विस्तारमा परिणामदायी कार्य गर्ने धारणा जर्मनका लागि नवनियुक्त राजदुत राम काजी खड्काले व्यक्त गरे । 

राष्ट्रले अघि सारेको रणनीति अनुसार जर्मनीमा रहेर आफूले नविनतम तवरले आर्थिक कुटनीतिका माध्यमबाट सहयोग गर्ने उनको भनाई छ । सो क्रममा उनले निजी क्षेत्रसँग समेत नजिकमा रहेर कार्यगर्ने बिचार व्यक्त गरे । महासंघका उपाध्यक्ष किशोर कुमार प्रधानसंग महासंघ सचिवालयमा भएको भेटवार्तामा खड्काले सो कुरा बताएका हुन् ।

त्यस अघि नवनियुक्त राजदुतको महासंघ सचिवालयमा स्वागत गर्दै महासंघका उपाध्यक्ष प्रधानले आर्थिक व्यवसायिक विकासमा निजी क्षेत्रले स्वदेशमा गरिरहेको प्रयासमा आफू कार्यरत देशमा रहेर सहयोग गर्न राजदूत खड्कालाई आग्रह गरे । 

नेपाली उत्पादनहरु जुन संभावना बोकेका उत्पादनहरुको बजारीकरण गरि निर्यात प्रवद्र्धनमा सघाउ पु¥याउन समेत उपाध्यक्ष प्रधानले आग्रह गरे । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved