भारतीय व्यापारीद्वारा काली नदीको पुल खोल्न माग

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 17, 2020 | 09:23:11 AM मा प्रकाशित

laxmi  sunrise bank

भारतका व्यापारीहरुले नेपालसँगको व्यापार विग्रिएको भन्दै सिमा नाको पुल खुला गर्न माग गरेका छन् । उत्तराखण्डस्थित पिथौरागढ जिल्लाका व्यवसायीले नेपालसँगको व्यापार पुनः सुचारुको माग गर्दै सिमानामा रहेको पुल खोल्न माग गरेका हुन् ।

काली नदीमा रहेको झोलुङ्गे पुलले उत्तराखण्डको धार्चुला र नेपालको दार्चुला जिल्लालाई जोड्ने भएपनि गत मार्च २५ मा नेपालले लकडाउन घोषणा गरेपछि बन्द रहेको उक्त पुल खुला गर्न भारतीय व्यापारीले माग गरेका हुन् ।

लकडाउन हटेपनि अझै बन्द नै रहेको उक्त पुल खोल्न माग गर्दै भारतीय व्यापारीहरुले पुलमा नै आएर धर्ना दिन थालेका छन् ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved