चिनियाँ पक्षलाई पीसीआर रिपोर्ट बुझाउँदै तातोपानी नाका सञ्चालनमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 20, 2020 | 11:27:10 AM मा प्रकाशित

laxmi  sunrise bank

लामो समयदेखि बन्द रहेको तातोपानी नाका पुनः सञ्चालनमा आए यता दैनिक ३ चिनियाँ कन्टेनर नेपाल भित्रिन थालेका छन् । चिनियाँ पक्षको अवरोधका कारण नाका सञ्चालन भन्दा बन्द धेरै हुने गरेको भन्दै व्यापारीले विरोध गरेदेखि नियमित रुपमा सामग्री भित्रने गरेको तातोपानी भन्सार कार्यालयले जनाएको छ ।

व्यापारीले ल्याएको सामग्री एक वर्षदेखि नाकामा रोकिएको भन्दै नेपाली व्यापारीहरुले नाकामा नै गएर विरोध गर्ने भन्दै दबाब दिएका थिए । व्यापारीको दबाब अनुसार तातोपानी भन्सार कार्यालयले चिनियाँ पक्षलाई जानकारी गराएको र अबको २÷३ दिनभित्रमा थप नयाँ निर्णय आउने जानकारी आएको भन्सार प्रमुख लालबहादुर खत्री बताउँछन् । 

‘हामीलाई व्यवसायीले दिएको दबाब र नाका नियमित सञ्चालनको मागका बारेमा चिनियाँ पक्षलाई जानकारी गराइसकेका छौँ, नियमित नाका सञ्चालन र कन्टेनर थपको विषयमा छिट्टै निर्णय आउने जानकारी आएको छ’, उनले भने ।

नाका सञ्चालन भए यता चिनियाँ पक्षले नाकामा कार्यरत सबै कर्मचारीहरुको अनिवार्य रुपमा १४/१४ दिनमा पीसीआर परीक्षणको रिपोट माग गर्ने गरेको उनी बताउँछन् । उनीहरुको माग अनुसार नाकामा कार्यरत २३ जना मजदुरलाई सुरक्षित रुपमा राख्दै पीसीआर परीक्षणको रिपोर्ट बुझाउँदै नाका सञ्चालन गरिएको जनाईएको छ । गत असोजमा नाकामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसगैँ चिनियाँ पक्षले सबै कर्मचारीको अनिवार्य परीक्षण रिपोर्ट माग्ने गरेको भन्सार कार्यालयले जनाएको छ । कर्मचारीमा कोरोना संक्रमण भएपछि बन्द भएको उक्त नाका पछिल्लो समय कात्तिक १३ गतेबाट नियमित रुपमा सञ्चालनमा आएको हो । 

रसुवागढीबाट दैनिक ५ कन्टेनर भित्रिदै

रसुवागढी नाका सञ्चालनमा आए यता दैनिक ५ चिनियाँ कन्टेनर नेपाल भित्रिने गरेको भन्सार कार्यालयले जनाएको छ । चिनियाँ पक्षसँग भएको सम्झौता अनुसार दैनिक ५ चिनियाँ कन्टेनर (नेपाली १० देखि १२ कन्टेनर) सामग्री भित्रिएको रसुवागढी भन्सार प्रमुख पुण्यबिक्रम खड्का बताउँछन् । पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्यामा बृद्धि भएको भन्दै चिनियाँ पक्षले नाकामा कार्यरत कर्मचारीको पीसीआर परीक्षणको रिपोर्ट माग्ने गरेको छ । 

‘चिनियाँ पक्षले भने अनुसार सबै कर्मचारीलाई क्यारेन्टाइनमा राखेर नाका सञ्चालनमा ल्याईएको छ, ५० भन्दा धेरै कर्मचारी नाकामा कार्यरत छन्, १४/१४ दिनमा सबैको अनिवार्य परीक्षण गर्दा बढी खर्च हुन्छ’, उनले भने, ‘नेपाल सरकारको निती अनुसार कोरोनाको लक्षण नदेखिदासम्म पीसीआर परीक्षण नगरी सबैलाइै सुरक्षित रुपमा राख्दै चिनियाँ अधिकारीहरुलाई विश्वस्त पार्ने गरिएको छ ।’ 

हाल उक्त नाकाबाट गत वर्षदेखि रोकिएका तयारी पोशाक देखि विकाश निर्माणका सामग्रीहरु भित्रने गरेको भन्सार कार्यालयले जनाएको छ । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved