बढी कर तिर्ने व्यक्ति बने विजय शाह, नबिल र कामना सहित १५ सँस्था सम्मानित (सुचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2020 | 05:27:00 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले सबै भन्दा बढी कर तिर्ने १५ उत्कृष्ट करदाताको सुचि सार्वजनिक गरेको छ । नवौ राष्ट्रिय कर दिवसको अवसरमा आन्तरिक राजश्व विभागले विभिन्न क्षेत्रमा सबैभन्दा बढी कर दाखिला गरि सम्मानित हुने करदाताको सुचि सार्वजनिक गरेको हो 

जस अनुसार आर्थिक वर्ष ७५/७६ मा सबैभन्दा बढी आयकर तिर्नेमा सुर्य नेपाल सम्मानित भएको छ । त्यस्तै निर्यातकर्तामध्ये सबैभन्दा बढीआयकर तिर्ने कम्पनी डाबर नेपाल प्रालि रहेको छ। बढी आयकर तिर्ने विशेष उद्योगका रुपमा हिमाल पावर कम्पनी उत्कृष्ट घोषित भएको छ।

त्यस्तै विप्रेषण कारोबार गर्ने मध्ये सबै भन्दा बढी आयकर तिर्ने करदाताको रुपमा आइएमइ लिमिटेड सम्मानित भएको छ यस अघि आइएमईले लगातार तीनपटक उक्त सम्मान प्राप्त गरिसकेको छ ।  

त्यस्तै व्यक्तिगत आयकर तिर्नेहरु मध्ये सबै भन्दा बढी आयकर तिर्ने करदाताको रुपमा नेपालको लिकर किङको रूपमा आफ्नो पहिचान बनाएका विजय शाह सम्मानित भएका छन्  शाहको जावलाखेल डिष्टिलरी, हिमालयन डिष्टिलरी, राज ब्रुअरी, एसियन र विजय डिष्टिलरी लगायतका कम्पनीमा लगानी छ।  उनका कम्पनीहरुले नेपालका चर्चित व्हिस्कीहरु रुस्लान भोड्का, गोल्डेन ओक तथा वार्सटाइनर बियरको उत्पादन तथा बिक्रि वितरण गर्ने गर्दछ।

त्यस्तै बैंक वित्तीय संस्था मध्ये सबै भन्दा बढी आयकर तिर्ने करदाताको रुपमा नबिल बैंक सम्मानित भएको छ भने मध्यमस्तरीय करदाता कार्यलयको कार्य क्षेत्रभित्र पर्ने करदाताहरु मध्ये सबै भन्दा बढी कर तिर्नेमा कामना सेवा विकास बैंक सम्मानित भएको छ   

हेर्नुस कुन विधामा को सम्मानित ?


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved