सूर्योदय लघुवित्त र टेम्पल ट्री रिसोर्ट पोखराका उत्कृष्ट करदाता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2020 | 09:35:00 PM मा प्रकाशित

laxmi  sunrise bank

आन्तरिक राजश्व कार्यालय पोखराले आफ्नो कार्यक्षेत्रअन्तर्गत पर्ने कास्की र स्याङ्जाका उत्कृष्ट करदातालाई आज सम्मान गरेको छ । नवौँ राष्ट्रिय कर सप्ताह समापनको अवसरमा कास्कीमा सबैभन्दा बढी आयकर तिर्ने टेम्पल ट्री रिसोर्टका सञ्चालक वसन्त गौतम र स्याङ्जाको सूर्योदय लघुवित्त सहकारी संस्थाका सञ्चालक गुणाखर सापकोटालाई सम्मान गरिएको हो ।

गण्डकी प्रदेश सरकारका प्रमुख सचिव विष्णुप्रसाद नेपाल र आन्तरिक राजश्व कार्यालय पोखराका प्रमुख ऋषिराम पोखरेलले उत्कृष्ट करदाताहरुलाई दोसल्ला, माला र प्रमाणपत्रले सम्मान गरेका थिए । कर सप्ताहअन्तर्गत यस वर्ष लेखनाथ उद्योग वाणिज्य सङ्घ, पोखरा चेम्बर अफ कमर्स, पृथ्वीनारायण क्याम्पसका व्यवस्थापनका विद्यार्थीसँग कर सचेतना तथा अन्तरक्रिया लगायत कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यालयले चालू आर्थिक वर्षमा चार अर्ब ८२ करोड राजश्व सङ्कलनको लक्ष्य लिएकामा पहिलो चौमासिकमा एक अर्ब २० करोड राजश्व सङ्कलन गरेको जनाएको छ । कात्तिक मसान्तसम्म कार्यालयले रु एक अर्ब ५१ करोड उठाउने लक्ष्य लिएको थियो । आन्तरिक राजश्व कार्यालय पोखराअन्तर्गत कास्की र स्याङ्जामा गरी एक लाख ५८ हजार ८५ करदाता कार्यालयमा दर्ता छन् ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved