४ महिनामा ३२ करोडको मास्क आयात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 25, 2020 | 03:03:05 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०७७/०७८ को पहिलो चार महिनामा नेपालमा विभिन्न देशबाट साढे ३२ करोड बराबरको फेसमास्क आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चार महिनाको अबधिमा विभिन्न ३८ देशबाट ३२ करोड ५६ लाख १५ हजार बराबरको मास्क आयात भएको हो । 

कोरोना संक्रमणलाई ध्यान दिदैँ गत चैत यता नेपालमा नै मास्क उत्पादन हुन थालेपनि ठूलो परिमाणमा विदेशबाट आयात भएको विभागले जनाएको छ । विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार छिमेकी देश भारत तथा चीनबाट ठूलो परिमाणमा मास्क भित्रिएको छ । 

साढे ३२ करोडको मास्क आयात हुँदा ५ करोड ८२ लाख ९१ हजार राजश्व संकलन भएको छ । 

३ करोडको निर्यात

ठूलो परिमाणमा विदेशबाट मास्क आयात हुँदा केही परिमाणमा निर्यात भएको विभागले जनाएको छ । चार महिनाको अबधिमा नेपालबाट विभिन्न ७ देशमा तीन करोड २७ हजार बराबरको मास्क निर्यात भएको हो । विभागको तथ्यांकानुसार नेपालबाट भुटान, फ्रान्स, जर्मनी, जापान, युएई, युके र युएसएमा मास्क निर्यात भएको हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved