सांसद विकास कोषको ४ करोड स्वास्थ्य क्षेत्रमा दिने अर्थमन्त्री पौडेलको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 29, 2020 | 05:00:07 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री एवं रुपन्देही क्षेत्र नं २ का सांसद विष्णुप्रसाद पौडेलले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत यस वर्षको सबै बजेट स्वास्थ्य क्षेत्रका लागि छुट्टयाएका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम (सञ्चालन कार्यविधि) नियमावली २०७७ अनुसार कार्यक्रम परामर्श समिति र कार्यक्रम निर्देशक समितिको बैठक निर्वाचन क्षेत्र नं २, रुपन्देहीका संयोजक एवं अर्थमन्त्री  पौडेलको संयोजकत्वमा बसेको  बैठकले योजना तथा कार्यक्रमहरु छनौट गरेको हो । 

कार्यक्रम अन्तरगतको ४ करोड रुपैयाँ मन्त्री पाैडेलले विभिन्न स्वास्थ्य क्षेत्रका लागि विनियोजन गरिएको बताएका छन् । जस अन्तर्गत शंकरनगर स्वास्थ्य चौकी पूर्वाधार निर्माण एवं सुदृढीकरण कार्यक्रम लागि १ करोड र  पदमपाणी योग तथा प्राकृतिक चिकित्सा केन्द्र सुदृढीकरण कार्यक्रमका लािग १ करोड विनियोजन गरिएको अर्थमन्त्री पौडेलले जानकारी दिए । 

यसैगरी लुम्बिनी प्रादेशिक अस्पतालमा रोटरी क्लब अफ बुटवलसँगको सहकार्यमा क्यान्सर स्क्रिनिङ तथा सेन्टर स्थापना तथा सञ्चालनका लागि ५० लाख र  शहरी स्वास्थ्य केन्द्र पूर्वाधार निर्माण तथा स्तरोन्नती कार्यक्रमका लागि १ करोड ५० लाख रुपैयाँ छुट्टाइएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved