महासंघका पदाधिकारीलाई अर्थमन्त्रीको आश्वासन, ‘नीजि क्षेत्रप्रति सरकार सकारात्मक छ’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 02, 2020 | 03:04:11 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री विष्णु पौडेलले मौद्रिक नीतिमा ल्याइएका कार्यक्रमहरुको प्रभावकारी कार्यान्वयन गनै बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरुसँगको भेटमा अर्थमन्त्री पौडेलले बजेट र मौद्रित नीतिमा उल्लेखित कार्यक्रमहरुको कार्यान्वयनमा आफूले तत्परता लिने बताएका हुन् । निजी क्षेत्रबारे सरकारको दृष्टकोणमा कुनै दुविधा नराख्न आग्रह गर्दै अर्थमन्त्री पौडेलले निजी क्षेत्रप्रति सरकार सधैँ सकारात्मक रहेको बताएका छन् । 

‘रोजगारी, उत्पादन र आर्थिक वृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका छ भन्ने सरकारले महसुस गरेको छ । त्यसका लागि सहकार्य हुन्छ । निजी क्षेत्रलाई हत्तोसाहित तुल्लाएर  मनोबल गिराएर सार्थक उपलब्धी हासिल हुन सक्दैन’ अर्थमन्त्री पौडेलले भने ।

कुनै पनि कुरा निजी क्षेत्रलाई इम्पोज नगर्ने भन्दै अर्थमन्त्री पौडेलले सल्लाह र सुझाव लिँदै निजी क्षेत्रको सहभागितामा नीति निर्माण गर्ने भन्दै निरन्तर संवाद र छलफल गरिरहने बताएका हुन् । महासंघका अध्यक्ष शेखर गोल्छाले महासंघ भिजन पेपेर बनाउने क्रममा रहेको जानकारी दिँदै त्यसलाई अन्तिम रुप दिई सरकारसँगको सहकार्यमा अघि बढाउने बताए ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved