अर्थमन्त्री र फिनल्यान्डका राजदूतबीच भेटवार्ता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2020 | 03:25:04 PM मा प्रकाशित

laxmi  sunrise bank

अर्थमन्त्री विष्णुप्रसाद पौडेल र नेपालका लागि फिनल्याण्डका राजदूत पेर्टी एन्टीनेन बिच शिष्टाचार भेटघाट भएको छ । मन्त्रालयमा भएकाे भेटघाटमा नेपाललाई गर्दै आएको विकास सहायता वृद्धि गर्न फिनल्यान्डले प्रतिबद्धता जनाएको उनले व्यक्त गरेका थिए । 

उक्त भेटमा द्धिपक्षीय सम्बन्ध, विकास सहायता परिचालन, पर्यटन प्रवद्र्धन लगानी अभिबृद्धि तथा कोभिड–१९ महामारीको नियन्त्रण लगायतका विषयमा छलफल भएको थियाे । भेटमा राजदुत एन्टीनेन सन् २०२१ देखि २०२४ सम्म फिनल्याण्डले नेपालको लागि गर्ने विकास सहायता रणनीतिका बारेमा जानकारी गराएका थिए । नेपालसँग सहकार्य गर्दै सहायता अभिवृद्धि गर्दै जानेसमेत उनले बताएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved