१० प्रतिशतले घट्यो आयात

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2020 | 04:13:14 PM मा प्रकाशित

laxmi  sunrise bank

चालु आर्थिक वर्ष २०७७/०७८ को पहिलो पाँच महिनामा विदेशी वस्तुको आयातमा कमी आएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार १० प्रतिशतले आयातमा कमी आएको हो । आयातमा कमी आएसगैँ निर्यातमा भने बृद्धि भएको छ । 

विभागको तथ्यांकमध्ये चालु आवको ५ महिनाको अबधिमा ५ खर्ब २५ अर्ब ४९ करोड बराबरको विदेशी वस्तुको आयात भएको छ । यो गत आवको सोही अबधिको तुलनामा ९ दशमलव ५९ प्रतिशतले कमी हो । गत आवमा ५ खर्ब ८१ अर्ब २५ करोड बराबरको आयात भएको थियो । 

यसैगरी ५ महिनाको अबधिमा ५० अर्ब ५ करोड ५६ लाख बराबरको निर्यात भएको छ । गत आवको तुलनामा ५ दशमलव १२ प्रतिशतले निर्यातमा बृद्धि भएको हो । गत आवमा सोही अबधिको तुलनामा ४७ अर्ब ६१ करोड ६८ लाख बराबरको निर्यात भएको थियो । 

विभागको तथ्यांक अनुसार ५ महिनाको अबधिमा ५ अर्ब ७५ अर्ब ५५ लाख बराबरको वैदेशिक व्यापारबाट नेपालले ४ अर्ब ७५ अर्ब ४४ करोड घाटा बेहोरेको हो । अघिल्लो आबको यसै अबधिको तुलनामा १० दशमलव ९१ प्रतिशतले गिरावट हो । गत आवको सोही अबधिमा ६ खर्ब २८ अर्ब ८७ करोड बराबरको वैदेशिक व्यापार हुँदा ५ खर्ब ३३ अर्ब ६४ करोड बराबरको व्यापार घाटा भएको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved