कोरोना प्रभावित व्यवसायीलाई ऋण दिन जुट्यो १५ अर्ब, क-कसले पाउँछन् ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2020 | 04:56:12 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना प्रभावित व्यवसायीलाई सस्तो ब्याजदरमा कर्जा दिनको  व्यावसायिक निरन्तरता कर्जा शोधभर्ना खातामा १५ अर्ब ५० करोड रुपैयाँ जम्मा हुने निश्चित भएको छ। अर्थ मन्त्रालयका अनुसार नेपाल आयल निगमबाट ५ अर्ब,  नेपाल राष्ट्र बैंकबाट ३ अर्ब, नागरिक लगानी कोषबाट २ अर्ब,  निक्षेप तथा कर्जा सुरक्षण कोषबाट २ अर्ब रुपैयाँ यकिन भएको छ । 

यस्तै नेपाल पुनर्बिमा कम्पनीबाट १ अर्ब,  कर्मचारी सञ्चय कोषबाट १ अर्ब,  नेपाल सरकारबाट १ अर्ब र राष्ट्रिय बिमा संस्थानबाट ५० करोड रुपैयाँ निश्चित भएको जनाइएको छ।

अर्थमन्त्रालयका सचिव एवं व्यवसाय निरन्तरता कर्जा प्रवाह सञ्चालक समितिका अध्यक्ष शिशिर कुमार ढुङ्गानाका अनुसार शोधभर्ना खातामा ३० अर्ब रुपैयाँको प्रतिवद्धता प्राप्त भएको छ । उनले निश्चत भएको रकम आवश्यकता अनुसार खातामा जम्मा हुने र कर्जा प्रवाह हुने बताए ।

अर्थ मन्त्रालयले जारी गरेको व्यावसायिक निरन्तरता कर्जा प्रवाह कार्यविधि, २०७७ मा कोरोनाबाट प्रभावित घरेलु, साना तथा मझौला उद्यम तथा पर्यटन व्यवसायमा कार्यरत श्रमिक र कर्मचारीको पारिश्रमिक भुक्तानी र व्यवसायको निरन्तरता दिन सरकारले प्रवाह गर्ने कर्जाका लागि ५० अर्ब रुपैयाँको व्यवसाय सञ्चालन निरन्तरता कर्जा प्रवाह शोधभर्ना खाता खोल्ने उल्लेख छ । 

यसैबीच अर्थ मन्त्रालयमा बसेको व्यवसाय निरन्तरता कर्जा प्रवाह सञ्चालक समितिकको बैठकले बैंक तथा वित्तीय संस्थामा व्यवसाय निरन्तरता कर्जाका लागि प्राप्त निवेदनहरु मध्येबाट यसै हप्ता् कर्जा प्रवाहको प्रारम्भ गर्ने निर्णय  गरेको जनाइएको छ । 

यस्तै व्यवसाय सञ्चारलन निरन्तरता कर्जा प्रवाह शोधभर्ना खातामा जम्मा भएको रकम र यसको अवस्थाबारे पाक्षिक रुपमा राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई विवरण उपलब्ध गराउने, व्यवसाय सञ्चाालन निरन्तरता कर्जा प्रवाहको विवरण नेपाल बैंकर्स संघले राष्ट्र बैंकमार्फत साप्ताहिक रुपमा अर्थ मन्त्रालयलाई उपलब्ध गराउने लगायतका निर्णय  पनि भएका छन्। 

यो पनि :  व्यवसायीले ५ प्रतिशत ब्याज मै ऋण पाउने बाटो खुल्यो, क-कसले पाउँछन् ?


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved