राजनीतिक दललाई निजी क्षेत्रको अपिल, ‘संयमतापूर्वक निर्णय लिनुहोस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2020 | 04:57:58 PM मा प्रकाशित

laxmi  sunrise bank

मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति नीजि क्षेत्रले एउटै स्वरमा प्रमुख राजनीतिक दलहरुलाई संयमतापूवर्क निर्णय लिन अपिल गरेका छन् । नीजि क्षेत्रका प्रतिनिधि संस्थाहरू नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्वर अफ कमर्स र नेपाल उद्योग परिसंघले पछिल्लो समयमा विकसित राजनीतिक घटनाक्रमप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नीजि क्षेत्र जहिले पनि स्थिरताको पक्षमा रहेको उल्लेख गरेका छन् । 

राजनीतिक स्थिरताबाट मात्र नीतिगत स्थिरता आउने, नयाँ उद्योग, व्यवसाय फस्टाउने, रोजगारी सृजना हुने, नयाँ लगानी आकर्षण हुने र समग्रमा अर्थतन्त्रले गति लिने भन्दै नीजि क्षेत्रका संस्थाहरुले प्रमुख राजनीतिक दललाई संयमित भएर निर्णय लिन आग्रह गरेका छन् । कोभिड १९ का कारण मुलुकको अर्थतन्त्रमा गम्भीर असर परिरहेका बेला पछिल्लो समय उब्जिएको राजनीतिक समस्याबाट उत्पन्न हुनसक्ने अस्थिरताको परिणामले अर्थतन्त्र थप गम्भीर हुनसक्ने तर्फ निजी क्षेत्रमा चिन्ता थपिएको उनीहरुले भनेका छन् ।

तीनै संगठनले भनेका छन्, ‘राजनीतिक स्थिरताको आर्थिक विकाससँग प्रत्यक्ष सम्बन्ध रहने विगतको अनुभव हेर्दा अहिलेको कठिन परिस्थितिमा सिर्जित घटनाक्रमले अन्यौलता सृजना गर्नेमा निजी क्षेत्र सशंकित एवं चिन्तित भएको छ र भर्खरै चलायमान हुन थालेको मुलुकको अर्थतन्त्र र सर्वसाधारणको जिवीकोपार्जनमा समेत गम्भीर असर पर्नेमा हाम्रो चिन्ता छ ।’

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved