चिनी उद्योगीलाई परिसंघले भन्यो, ‘किसानको पैसा तुरुन्त तिर्नुहोस्’

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 23, 2020 | 05:05:21 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल उद्योग परिसंघले उखु किसानहरुबाट खरिद गरेको उखुको बाँकी रहेको रकम अविलम्ब भुक्तानी गर्न चिनी उद्योगहरुलाई अनुरोध गरेको छ । आपसी असमझदारी तथा अन्य कतिपय समस्याका कारण समयमै भुक्तानी हुन नसकेको हकमा समस्यालाई लम्ब्याउँदा दुबै पक्षलाई हानी पुग्न जाने भएकाले समाधानतर्फ सबैको ध्यान पुग्नु पर्ने भन्दै परिसंघले यथासक्य छिटो किसानको रकम भूक्तानी गर्न चिनी उद्योगीहरुलाई अनुरोध गरेको छ । 

बक्यौता रकम भुक्तानी दिन सुरु गरेका तथा अधिकतम भुक्तानी गरिसकेका उद्योग तथा उद्योगीहरुको हकमा सरकारले अघि बढाएका कारबाही वा अन्य कदमहरु फिर्ता लिएर भुक्तानी प्रक्रियाको वातावरण सहज बनाउन पनि परिसंघले अनुरोध गरेको छ । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved