नक्कली भ्याट बिल प्रयोग गरेको अभियोगमा मुद्दा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 24, 2020 | 07:30:39 PM मा प्रकाशित

laxmi  sunrise bank

राजश्व अनुसन्धान विभागले झुठ्ठा तथा नक्कली मूल्य अभिवृद्धि करविजक प्रयोग गरी ठगी गरेको अभियोगमा विभिन्न तीन फर्ममाथि २० करोड बराबरको बिगो दाबी गर्दै मुद्दा दर्ता गरेको छ । 

विभागका अनुसार उच्च अदालत पाटनमा दुई र उच्च अदालत जनकपुरको वीरगन्ज इजलासमा एक मुद्दा दायर गरिएको छ । विभागले कविला सप्लायर्स सेन्टरका संचालक भारतीय नागरिक किशोर चौधरीविरुद्ध २ करोड १४ लाख ३० हजार २३८ बिगो दाबी गर्दै मुद्दा दायर गरेको छ । 

त्यस्तै धनुषाको जनकपुर उपमहानगरपालिका स्थायी घर भएका शिवम प्याकेजिङका सञ्चालक सीतादेवी जयसवालविरुद्ध ५ करोड ८८ लाख ६५ हजार ९१९ र कागेश्वरी मनोहरा नगरपालिका–९ काँडाघारीको जय श्री गौतम सप्लायर्सका सञ्चालक मुकेश चौधरीविरुद्ध ५ करोड ३२ लाख १६ हजार १८८ मुद्दा दायर गरिएको छ । उनीहरु विरुद्ध १३ करोड ३५ लाख १२ हजार ३४५ बिगो असुली गर्न माग गरिएको छ । 

यस्तै शिवम ट्रेडर्स एण्ड सप्लायर्सका सञ्चालक जगदिश सहनीविरुद्ध ४ करोड ७९ लाख ६९ हजार ४४७ बराबरको बिगो दाबी गरिएको छ । अनुस्का मल्टिप्रपोज कम्पनीका सञ्चालक शिवलाल तिम्लसिनाविरुद्ध १ करोड ८२ लाख ५३ हजार ४६१ बराबरको बिगो दाबी गर्दै मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved