अमेरिकासँग आर्थिक साझेदारी बढाउन राजदुत खतिवडासँग परिसंघको आग्रह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 27, 2020 | 07:45:39 PM मा प्रकाशित

laxmi  sunrise bank

अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले आर्थिक कुटनीति सुदृढ गर्ने र अमेरिकाबाट निजी तथा बहुपक्षीय लगानी जुटाउने कुरा आफ्नो मुख्य प्राथमिकतामा रहेको बताएका छन् । 

अमेरिकामा कार्यभार सम्हाल्न जानु अघि नेपाल उद्योग परिसंघ सँगको अन्तक्र्रियामा राजदूत  खतिवडाले अन्य क्षेत्र तथा देशका लगानीकर्ता लाई विश्वास दिलाउन पनि अन्तर्राष्ट्रिय सद्भाव वृद्धी गर्नु आफ्नो प्राथमिकता रहेको बताएका हुन् । 

अमेरिकाले केही वस्तुहरुमा दिएको व्यापार सहुलियतको दायरा विस्तार गर्ने, सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउँदै डिजिटल इकोनोमी निर्माणमा सहयोग खोज्ने तथा अमेरिका स्थित बहुराष्ट्रिय वित्तीय संस्थाहरु विश्व बैँक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ठूला परियोजनामा लगानी भित्र्याउने कामलाई प्राथमिकतामा राखेको पनि राजदूत  खतिवडाले बताएका थिए  । 

राजदूत खतिवडासँगको अन्तक्र्रियामा नेपाल उद्योग परिसंघले संयुक्त राज्य अमेरिका र नेपालबीचको आर्थिक साझेदारी बढाउन तथा द्विपक्षी यव्यापार प्रवद्र्धनका लागि भूमिका खेल्न राजदूत खतिवडासँग आग्रह गरेको छ । 

परिसंघका अध्यक्ष सतिशकुमार मोरल अर्थतन्त्रको कुशल विज्ञको रुपमा परिचित तथा जिम्मेवारी निर्वाह गरिसकेका खतिवडाको अनुभवबाट राजदूतको कार्यकालमा समेत नेपालको आर्थिक विकासका लागि लगानी तथा व्यापार प्रवद्र्धन गर्न अमेरिकी पूँजी तथा प्रविधि भित्र्याउन ठूलो सहयोग पुग्ने विश्वास परिसंघले लिएको बताएका थिए ।  

उनले अमेरीकातर्फ निर्यात बढाउन बजार सहुलियतका वस्तुको सूचि निकै कम रहेको र त्यसको निर्यातमा पनि समस्या रहेकाले आवश्यक कर तथा बजार प्रवेशका सहुलियतका लागि थप प्रयास गर्न, अमेरिकी लगानी भित्रा्एर अर्थतन्त्रको आधुनिकिकरण गर्न राजदूत खतिवडाले थप भूमिका निर्वाह गर्नेमा विश्वस्त रहेको बताएका थिए । 

परिसंघका पदाधिकारीले नवनियुक्त राजदूत खतिवडालाई राष्ट्रिय औद्योगिकीकरणको विस्तारको लागि ‘नेपालमा उत्पादन गरौ’ (विल्ड इन नेपाल) अभियानलाई परिसंघले अघि बढाएको जानकारी गराउँदै यसबाट लगानी वातावरणको सन्देश दिएर स्वदेशी तथा विदेशी लगानी भित्र््याउन सहयोग पुग्ने विश्वास लिएको बताएका थिए । 

यसैगरी परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले प्रविधिका क्षेत्रमा अमेरिकी लगानी भित्र्याउने, तयारी पोशाकको अमेरिकी बजार पहुँचका लागि थप प्रयास गर्ने, अमेरिका अध्ययन गरिरहेका नेपाली विद्यार्र्थीलाई नेपालमै अवसर देखाउने तर्फ राजदूत खतिवडाको सक्रिय भूमिकाको अपेक्षा गरिएको बताएका थिए । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved