नवीकरण फेल भएका प्राइभेट फर्महरु पुनः सञ्चालन हुन पाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 03, 2021 | 03:59:04 PM मा प्रकाशित

laxmi  sunrise bank

सरकारले नवीकरण फेल भएका प्राइभेट फर्महरुलाई नवीकरण गर्ने अवसर दिएको छ । विभिन्न कारणले नवीकरण नभएका फर्महरुलाई असार मसान्तसम्मको अबधि दिएर पुनः सञ्चालन गर्न समय दिएको हो । 

गत पुस १० गते बसेको मन्त्रिपरिषद्को बैठकले प्राइभेट फर्म रजिष्ट्रेशन नियमावली, २०३४ मा तेह्रौं संशोधन गर्ने निर्णय सँगै २०७८ असार मसान्तसम्म नवीकरण गर्न छुटेका सबै निजी फर्महरुलाई आवश्यक कागजात सहित नवीकरण गर्न निवेदन दिन सक्ने अवसर दिएको हो । 

सरकारको निर्णय अनुसार साविकको नियमित नवीकरण गर्दा लाग्ने शुल्कमा २० लाख अधिकृत पुँजीभन्दा कम भएका फर्महरुका लागि बार्षिक २ हजारका दरले र २० लाख भन्दा बढी पूँजी भएका फर्महरुका लागि बार्षिक ५ हजारका दरले थप नवीकरण शुल्क तोकेको छ । 

नेपाल सरकारले तोकेको निकायमा दर्ता नगरी व्यवसायिक प्रकृतिका प्राइभेट फर्महरु संचालन गर्न नपाइने कानुनी व्यवस्था रहेको छ । साथै दर्ता भए पश्चात तोकिएको समयावधि भित्र समय समयमा नवीकरण समेत गर्नुपर्ने हुन्छ । अन्यथा तेस्ता फर्महरु कारोबार निरन्तरताका लागि वैधानिक मानिदैनन् । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागका निर्देशक एवं सूचना अधिकारी शिवराज सेढाईका अनुसार प्राइभेट फर्म रजिष्ट्रेशन ऐन, २०१४ अनुसार विभागमा मात्र करिब ५ लाख जति फर्महरु दर्ता भएको र झण्डै आधा जति फर्महरुले आफ्नो फर्म नवीकरण गरेका छैनन् । 

लामो समयदेखि नवीकरण नगर्ने फर्महरुलाई सिमित शुल्क तिरेर पुनः नवीकरणको मौका दिईएको उनी बताउँछन् । सरकारले गत फागुनमा समेत असारमसान्त सम्मको समय दिएर नवीकरणको समय दिएको थियो । तर बन्दाबन्दीका कारण उपभोक्ताले लाभ लिन नसकेको भन्दै पुनः असारमसान्त सम्मको समय दिईएको हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved