मेगा क्यापिटलले सहुलियतपूर्ण कर्जा तथा परामर्श सेवा उपलब्ध गराउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2021 | 01:48:47 PM मा प्रकाशित

laxmi  sunrise bank

धादिङ्गका साना तथा मझौला उद्योगहरुलाई सहुलियतपूर्ण कर्जा तथा आवश्यक परामर्श सेवा उपलब्ध गराउन चौपक्षीय सम्झौता भएको छ ।  मेगा बैंक , मेगा क्यापिटल, ज्वालामुखी गाँउपालिका र धादिङ्ग उद्योग वाणिज्य संघबीच चौपक्षीय सम्झौतामा हस्ताक्षर भएको हो।

सम्झौता अनुसार मेगा क्यापिटलले धादिङ्ग उद्योग वाणिज्य संघ सँगको सहकार्य तथा सिफारिसमा उद्यमी व्यवसायीहरुको व्यवसाय तथा कम्पनी दर्ताको निमित्त आवश्यक कागजात तयार गरिदिने र दर्ताको लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने, आवश्यकता अनुसार वित्तीय सल्लाह, वित्तीय प्रक्षेपण लगायतका बैंकमा कर्जाको लागि आवश्यक कागजातहरु तयार गरिदिने तथा आवश्यकता अनुसार सम्बन्धित उद्यमी व्यवसायको प्रतिनिधित्व गरी कर्जा स्वीकृतिको प्रक्रियामा सहयोग गर्नेछ ।

यसले स्थानीय स्तरमा साना तथा मझौला उद्यमीहरुलाई वित्तीय पहुँच बढाई व्यवसाय वृद्घि तथा बिस्तारमा सहयोग पुग्नुको साथै उद्यमीहरुको जीवनस्तरमा सुधार हुने अपेक्षा गरिएको छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved