कोरोनासँगै चीन पनि 'देब्रे' बनेपछि अप्ठ्यारोमा नेपाली हस्तकलाको बजार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 05, 2021 | 04:11:07 PM मा प्रकाशित

laxmi  sunrise bank

कोरोना भाइरसका कारण हस्तकला उद्योगले निकै मार खेप्नु परेको छ । नेपाल हस्तकला महासंघका अनुसार व्यवसाय ४० प्रतिशतमा झरेको छ । आन्तरिक बजार केही चलायमान भएपनि निर्यात शून्य प्रायः हुँदा निकै कठिनाई भोग्नु परेको महासंघका अध्यक्ष सुरेन्द्र भाइशाक्यको गुनासो छ ।

महासंघका अध्यक्ष शाक्यका अनुसार १ हजार ६ सय व्यवसायी त महासंघमा मात्रै आवद्ध छन् । आवद्ध नभएकाहरु र प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिएका गरी १२ लाख मानिस हस्तकला क्षेत्रमा आश्रित छन् ।

बजार सामान्य अवस्थामा फर्किने आशामा व्यवसायीले आफ्ना उत्पादनहरु थोरै भएपनि उत्पादन गरिरहेको भएपनि हालसम्म बजारले लय समात्न नसक्दा ऋणको भारी बोक्नु परेको अध्यक्ष शाक्यको भनाई छ ।

कस्ता सामानको उत्पादन घट्यो ?

कोरोना भाइरसका कारण चाँदीको आयात रोकिँदा चाँदी प्रयोग गरेर उत्पादन गर्नुपर्ने हस्तकलाका उत्पादनमा गिरावट आएको छ । चालू आर्थिक वर्ष २०७७/०७८ को सुरुदेखि नै चाँदीको आयातमा अस्वभाविक गिरावट आएको छ ।

चालु आर्थिक वर्षको ५ महिनामा अमेरिका, भारत र यूएईबाट कुल १ अर्ब ४ करोड ५७ लाखको चाँदी आयात भएको छ । यूएईबाट १ अर्ब ४ करोड ५५ लाख रुपैयाँ बराबरको ११ हजार किलो चाँदी भित्रिएको छ ।

आवश्यक मात्रामा चाँदीको आयात हुन नसक्दा यस वर्ष हस्तकलाका उत्पादन घटेको र माग पनि ६० प्रतिशतले ओरालो लागेको कारण लकडाउन खुलेपनि बजारले अपेक्षाकृत गति लिन नसकेको अध्यक्ष शाक्य बताउँछन् । चाँदीको माग नै घटेको अवस्थामा पनि मूल्य पनि आकाशिएकाले समस्या सिर्जना भएको हो ।

चीनले बिना कारण नेपालबाट हस्तकलाका सामानहरु निर्यात रोकेका कारण आफूहरु मारमा परेको व्यवसायीहरु बताउँछन् । 

‘चीनले नेपालबाट चाँदीका हस्तकलाका सामानहरु लिन छोडेको छ’ अध्यक्ष शाक्य भन्छन्, ‘किन हो थाहा छैन ।’

गत वर्ष यो अवधिमा ३ अर्ब ७६ करोडको ५८ हजार किलो चाँदी भित्रिएको थियो । 

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved