खाने तेल र निर्माण सामग्रीको मूल्य बढेपछि वाणिज्य विभागले छानबिन थाल्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 07, 2021 | 04:26:42 PM मा प्रकाशित

laxmi  sunrise bank

दैनिक उपभोग्य वस्तु अन्तर्गत पर्ने खाने तेलको मूल्य निरन्तर बढेपछि वाणिज्य विभागले छानबिन सुरु गरेको छ । अनुचित रुपमा तेलको मूल्यमा बृद्धि भएपछि बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले छानबिन सुरु गरेको हो । 

विभागका सूचना अधिकारी शिवराज सेढाई पछिल्लो समय अत्याधिक रुपमा मूल्य बृद्धि भएका क्षेत्रमा विभागले अध्ययनलाई तिव्र बनाएको बताउँछन् । उनका अनुसार पछिल्लो समय धेरै मूल्य बृद्धि भएका खाने तेल र निर्माण सामग्रीको विषयमा सम्बन्धित क्षेत्रका उद्योगी र व्यवसायीसँग कारणसहित लिखित जवाफ माग गरिएको हो । यसअघि छलफल गर्दा मूल्य बढ्नुको उचित कारण पत्ता लाग्न नसकेपछि विभागले लिखित जवाफसहित खरिद बिल समेत मागेको उनी बताउँछन् । 

विभागले सिमेन्ट तथा छड उत्पादक र खाने तेल उत्पादक तथा व्यवसायीलाई उनीहरुले पछिल्लो समय खरिद गरेको कच्चा पदार्थ, उत्पादन लागत र उत्पादित वस्तुको मूल्यसहितको विवरण उपलब्ध निर्देशन दिएको हो । 

‘हामीले सम्बन्धित क्षेत्रका व्यक्तिसँग आवश्यक कागजातसहित लिखित जवाफ माग गरेका छौँ, उताबाट आएको जवाफका आधारमा हामीले थप अध्ययन गछौँ, व्यवसायी आफैँले स्वतः रुपमा मूल्य बढाएका हुन् वा मूल्य नै बढेर आएको हो, यसविषयमा हामी छिट्टै अध्ययन गछौँ’ उनले भने ।

कति बढ्यो मूल्य ?

प्रति लिटर खाने तेलको प्याकेटमा केही दिन यता पूरानो मूल्यको तुलनामा ४० रुपैयाँसम्म मूल्य बढेको छ । यसअघि प्रतिलिटर १६० देखि १७० सम्म रहेको सनफ्लावर तेलको मूल्य अहिले बढेर प्रतिलिटर २ सयदेखि २ सय ५ सम्म पुगेको छ । तेलको मूल्य कम्पनी अनुसार फरक फरक रहेको छ । 

यसैगरी, तोरीको तेलको मूल्यमा समेत बृद्धि भएको छ । यसअघि प्रतिलिटर  १६० सम्म रहेकोमा हाल १८० भन्दा माथि रहेको छ । तोरीको तेलको मूल्य समेत उद्योग अनुसार फरक रहेको छ । 

खाने तेलसगैँ निर्माण क्षेत्रमा सामग्रीको मूल्यमा समेत बृद्धि भएको छ । गत चैत ११ को तुलनामा हाल सिमेन्ट तथा छडको मूल्यमा अत्यधिक बृद्धि भएको हो । 

डेढ महिना अघिसम्म ५७ देखि ६२ रुपैयाँ प्रतिकिलो पर्ने डण्डीको भाउ अहिले ८२ रुपैयाँ पुर्याइएको छ । लामो समयदेखि ठप्प भएको कारोबार पुनः सुरु हुन लाग्दा केही व्यवसायीहरुले आफू खुशी मूल्य बढाएको भन्दै विरोध समेत भएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved