पेट्रोलियम पदार्थको गुणस्तर र शुद्धतामा ध्यान दिन मन्त्री भट्टकाे निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2021 | 02:01:24 PM मा प्रकाशित

laxmi  sunrise bank

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पेट्रोलियम पदार्थको गुणस्तर र शुद्धतामा ध्यान दिएर सरकारको छबिलाई उच्चराख्न निर्देशन दिएका छन् । नेपाल आयल निगमको ५१ औँ वार्षिक सधारणसभालाई सम्बोधन गर्दै मन्त्री भट्टले ५१ औँ वर्षसम्म विभिन्न अरोह अवरोध पार गर्दै आएको भन्दै अझै विश्वासका साथ काम गर्नुपर्नेमा जोड दिएका हुन् । 

राष्ट्रिय सुरक्षासँग जोडिएको क्षेत्रमा इन्धन सप्लाई गर्ने जिम्मा निगमले पाएको भन्दै मन्त्री भट्टले निगम सुधारदेखि विभिन्न प्रविधि भित्र्याउन सफल भएको बताएका हुन् । 

निगम सञ्चालक समितिका अध्यक्ष एवं वाणिज्य तथा आपूर्ति सचिव बैकुण्ठ अर्यालले पछिल्लो समय निगमले पूर्वाधार निर्माणमा फड्को मारेको बताएका छन् । उनले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइप लाइन निर्माणबाट सफलता हासिल भएको भन्दै चितवनसम्म विस्तारको काम सुरु भएको बताएका हुन् । 

‘हामीले पहिलो चरणमा मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन निर्माण गरेर परीक्षण गरेका थियौँ, उक्त पाइपालइबाट सफलता हासिल भएपछि चितवनसम्म विस्तार गर्ने र भारतको सिलुगढीबाट झापासम्म पाइपलाइन निर्माणको तयारी गरेका हौँ’, उनले भने ।

निगमका कार्यकारी निर्देशक शुरेन्द्रकुमार पौडेलले आगामी दुई वर्षभित्रमा पाइपलाइनबाट पेट्रोल ढुवानी सुरु गर्ने बताएका छन् । परीक्षणका रुपमा निर्माण गरिएको मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन मार्फत डिजेलेको ढुवानी राम्रो भएको भन्दै अबको दुईवर्षभित्रमा उक्त पाइपलाइन मार्फत पेट्रोलको ढुवानी हुने बताएका हुन् । 

उनले निगममा आधुनिक प्रविधिको प्रयोग गर्दै पाइपलाइन विस्तार तथा निर्माण, नयाँ डिपो भण्डारण विस्तार तथा निर्माणलाई प्राथमिकतामा राखेर काम हुँदै आएको बताए । 

विस २०२७ सालमा स्थापना भएको नेपाल आयल निगमले स्थापनाको ५१ औँ वर्षमा प्रवेश गरेको छ । पेट्रोलियम पदार्थको ढुवानीको एकलौटी अधिकार पाएको निगम पछिल्लो समय नाफामा गएको छ । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved