फास्ट ट्रयाक र रेलको मिलन बिन्दु चोभार बन्दरगाह, कति सकियो काम ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 10, 2021 | 03:13:28 PM मा प्रकाशित

laxmi  sunrise bank

आगामी जेठबाट सञ्चालनमा ल्याउने गरी चोभारमा निर्माण भईरहेको सुख्खा बन्दरगाहको काम ६५ प्रतिशत मात्रै सकिएको छ । १० महिना अघि नै निर्माण सक्नुपर्ने भएपनि बल्ल ६५ प्रतिशत काम सकिएकाले तोकिएकै समयमा सञ्चालनमा आउनेमा शंका उत्पनन भएको छ ।

सरकारले वीरगञ्ज सुख्खा बन्दरगाहको विकल्पको रुपमा २ वर्षअघि निर्माण थालेको यो बन्दरगाह गत चैत्रमा नै बनिसक्नुपर्ने थियो । तर, पटक पटक म्याद थप गरेर २०७७ चैत्रमा सक्ने भनियो । यस पटक कोरोनालाई देखाएर जेठबाट सञ्चालनमा ल्याउने गरी काम भईरहेको बताउन थालिएको छ । तर, जेठमा यो सुख्खा बन्दरगाह सञ्चालनमा आउन सक्ने कुनै छनक देखिएको छैन । किनकी निर्माणको काम अझै ३५ प्रतिशत बाँकी नै छ ।

काठमाडौँमै किन बनाइँदैछ बन्दरगाह ?

वीरगञ्ज सुख्खा बन्दरगाहमा भीड अत्याधिक हुने भएपछि व्यवसायीले काठमाडौँ नजिक नै बन्दरगाह निर्माण गर्न माग गर्दै आएका थिए । व्यवसायीकै माग अनुसार २ वर्ष अगाडी निर्माण थालिएको थियो । 

व्यवसायीहरुले भन्दै आएको हो, ‘वीरगञ्ज भन्सारमा अहिले सामान जाँच पास गराउन २ दिन लाग्छ । त्यहाँ मालवाहक गाडीको सधैं लाइन हुन्छ । वीरगञ्ज हुँदै नेपाल भित्रिने धेरै सामान काठमाडौँमा खपत हुने गर्छ । काठमाडौँमा नै ड्राइ पोर्ट बनाउनुपर्ने आवश्यकता भईसक्यो ।’ 

चोभार मुख्य व्यापारिक केन्द्र बन्दै

सरकारले अघि सारेका महत्वपूर्ण आयोजनाहरु चोभारमा जोडिने गरि खाका कोरिएका छन् । काठमाडौँ तराई द्रूत मार्ग, बाहिरी चक्रपथ, सुरुङ मार्ग, चीन र भारतबाट आउने रेल जस्ता महत्वकाँक्षी परियोजनाहरु जोडिने बिन्दु नै चोभार हो । 

यसकारण चोभारलाई मुख्य व्यापारिक केन्द्रका रुपमा विकास गर्ने गरी सुख्खा बन्दरगाह पनि त्यही बनाउन सुरु गरिएको हो । निर्माणको काम ६५ प्रतिशत सकिएको भएपनि सञ्चालन मोडालिटी भने तय भईसकेको छैन ।

लागत र क्षमता कति ?

बन्दरगाह निर्माण गर्न विश्व बैंकसँग नेपालले १ अर्ब ६७ करोड ऋण लिने गरी सम्झौता भएको छ । हिमाल सिमेन्टले बैंकलाई तिर्नुपर्ने ३० करोड रुपैयाँ ऋण तिरेर सरकारले चोभारमा बन्दरगाह निर्माणको काम सुरु गरेको हो । 

बन्दरगाहमा जाँचपासका लागि ३५० वटा ट्रक र ६ सय वटा कन्टेनर अट्ने क्षमता हुनेछ । अध्यागमन, भन्सार, बैंक, क्वारेन्टाइन जस्ता कार्यालयहरु पनि बन्दरगाह भित्रै रहने छन् । भन्सार नाकाबाट लकिङ हेरेर पठाईएका सबै सामानको जाँच चोभार बन्दरगाहबाटै गर्ने योजना छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved