माघ ७ गतेबाट तातोपानी नाका फेरी बन्द हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2021 | 10:45:02 AM मा प्रकाशित

laxmi  sunrise bank

लामो समयसम्म बन्द भएर पुनः सञ्चालनमा आएको तातोपानी नाका फेरी बन्द हुने भएको छ । गत असारमा आएको बाढिले क्षति पुर्याएको नाका मर्मतका लागि माघ ७ गतेबाट पुनः बन्द गर्न लागिएको हो । 

नेपाल–चीन सीमा क्षेत्रमा पर्ने मितेरी पुल र बर्खाले क्षति पुर्याएको सडक मर्मतका लागि नाका बन्दगर्नुपर्ने जानकारी चिनियाँ पक्षले दिएको भन्सार कार्यालयले जनाएको छ । 

तातोपानी भन्सार प्रमुख लालबहादुर खत्री चिनियाँ पक्षले प्राविधिक मगाएर पुलको अवस्था जाँच गरेपछि मर्मतको काम सुरु गर्ने जानकारी दिएको बताउँछन् । उनका अनुसार पुल मर्मतका लागि चिनियाँ पक्षले बढीमा २० दिनको समय लाग्ने अनुमान गरेर समय मागेका छन् । 

तिब्बतबाट चिनियाँ प्राविधिक ल्याएर क्षति पुगेको पुलको अवस्था जाँच गर्ने र विभिन्न क्षेत्रमा बिग्रिएको सडकमार्गको मर्मतको तयारी भएको जानकारी दिएको उनी बताउँछन् । 

पुल मर्मतको समयमा आएका सामग्रीहरु नरोकियोस भनेर बाटोमा रहेका सामग्रीहरु छिटो छिटो ल्याउने तयारी भएको उनी बताउँछन् । 

लामो समयसम्म बन्द रहेको नाका पछिल्लो समय गत कात्तिक १३ गतेबाट पुनःसञ्चालनमा आएको हो । नाका पूर्ण रुपमा सञ्चालनमा आएपनि चिनियाँ पक्षको अबरोधका कारण न्यून मात्रामा सामग्रीहरु भित्रने गरेको थियो । 


Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved