नेपाल र इजरायलको चेम्बरबीच समझदारी, नेपाललाई के फाइदा ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2021 | 05:48:56 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल चेम्बर अफ कमर्स र फेडरेशन अफ इजरायल चेम्बर अफ कमर्सबीच आज एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । दुवै पक्षका पदाधिकारी तथा इजराइल स्थित नेपालका राजदूत डा.अन्जान शाक्य तथा नेपाल स्थित इजरायलका राजदूत हनान गोडर गोल्डबर्गरको उपस्थितिमा दुई देशका चेम्बरबीच सम्झौता भएको हो ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले दुई मूलुकका चेम्बरबीच भएको समझदारीबाट दुवै मुलुकका व्यावसायीक निकायबीच व्यापारिक सम्बन्ध कायम हुने विश्वास व्यतm गरे । यसबाट नेपाल र इजराइलवीच आर्थिक सम्वन्ध सुदृढ हुने वताउँदै उनले नेपाल र इजराइलवीच कुटनीतिक सम्वन्ध स्थापना भएको ६० वर्ष पुगेको अवसरमा निजी क्षेत्रका वीच भएको समझदारीको महत्व रहेको बताए । 

इजराइलका लागि नेपालका राजदूत डा.अन्जान शाक्यले नेपाल र इजराइलका निजी क्षेत्रवीच सम्वन्ध बिस्तारका लागि दुवै चेम्वरको सोझै सम्पर्क कायम राख्न समझदारी भएको उल्लेख गरे । इजराइलमा नेपालमा उत्पादित चियाको बजार क्रमशः बिस्तार हुंदै गएकोले नेपाली उत्पादनका लागि इजराइल राम्रो गन्तव्य हुने उनको भनाई छ । 

नेपालका लागि इजराइलका राजदूत हनान गोडर गोल्ड वर्गरले नेपाल पर्यटकीय संभावना भएको मुलुक भएको उल्लेख गर्दै साहसिक पर्यटनको निमित्त इजरायली पर्यटकको लागि उपयुक्त गन्तव्य भएको बताए । इजराइल(नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष अनात वर्नस्टीन राइसले यस समझदारी पत्रद्धारा नेपाल इजराइल नेपाल वीच आर्थिक सम्वन्ध वढाउन उपयुक्त मंच प्राप्त भएको र कोभिड पश्चात नेपाल र इजराइल वीच व्यवसायीक प्रतिनिधिमण्डलको आदान प्रदान हुने आशा व्यक्त गरे । 

समझदारी पत्रमा नेपाल चेम्बर अफ कमर्सको तर्फबाट वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल र फेडरेशन अफ इजराइल चेम्बर अफ कमर्सको तर्फबाट उपाध्यक्ष अमिर सानीले हस्ताक्षर गरेका छन् ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved