माघ १ गतेबाट व्यवसायीले आफूखुशी पेट्रोलियम पदार्थका मूल्य बढाउने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 12, 2021 | 04:32:24 PM मा प्रकाशित

laxmi  sunrise bank

पेट्रोल पम्प व्यवसायीहरुले बिहीबार अर्थात माघ १ गतेबाट साविकको खुद्रा बिक्री मूल्यमा पचास पैसा थप गरेर पेट्रोलियम पदार्थको बिक्री वितरण गर्ने जनाएका छन् । नेपाल आयल निगमसँग पटक पटक माग राख्दा सम्बोधन नभएको भन्दै व्यवसायीहरुले आफूखुशी मूल्य बढाउन लागेका हुन् ।

व्यवसायीहरुले पुस २१ गते विज्ञप्ती सार्वजनिक गर्दा सम्बन्धित निकाय अझै सकारात्मक हुन नसेको र विभिन्न सञ्चार माध्यमबाट व्यवसायीलाई कारवाही गर्ने धम्की आएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

संघको आज एक विज्ञप्ती सार्वजनिक गर्दै उक्त विषयमा छलफल गर्न माघ ७ गते काठमाडौँमा केन्द्रिय कार्य समितिको बैठक राखिएको जनाएको छ । उक्त बैठकले आन्दोलनका विविध कार्यक्रम समेत सार्वजनिक गर्ने भन्दै उपभोक्तामा पर्न जाने असरप्रति सम्बन्धित निकायको नै जिम्मेवारी रहने जनाईएको छ । 

पेट्रोलियम व्यवसायीको छाता संस्था नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले निगमलाई साताअघि ज्ञापनपत्र बुझाउँदै पेट्रोल, डिजेल बिक्री गर्दा ५ प्रतिशत कमिसन पाउनुपर्ने माग राखेका थिए । चार वर्षअघिदेखि निगमले तोकेको मूल्यमा पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दा समस्या भएको भन्दै उनीहरुले कमिसन बढाउन माग गर्दै आएका छन् । हाल पेट्रोलपम्प सञ्चालकहरूले पेट्रोलमा ३.१२ प्रतिशत र डिजेलमा २.६५ प्रतिशत कमिसन पाउँदै आएका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved