पेट्रोलियम पाइपलाइनबाटै इन्धन चोरी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 15, 2021 | 01:21:25 PM मा प्रकाशित

laxmi  sunrise bank

अमलेखगंज–मोतिहारी पेट्रोलियम पाइपलाइन फोडेर इन्धन चोरी भएको तथ्य सार्वजनिक भएको छ । भारतको पटना नजिक सिवानको लकडी नवीगंज प्रखन्डको डुमरा गाउँ वरपरबाट आउने भुमिगत पाइपलाइनलाई प्वाल पारेर तेल चोरी भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । 

तेल चोरीको विषय बाहिर आएपछि भारतीय आयल कर्पाेरेसन (आइओसी) का अधिकारीहरुले स्थलगत रुपमा अध्ययन गरेका छन् । उक्त पाइपलाइन मार्फत कहिलेबाट इन्धन चोरी भएको र कति परिमाणमा चारी भएको विवरण सार्वजनिक भइसकेको छैन् । 

भारतीय क्षेत्रबाट इन्धन चोरी भएपनि त्यसको असर नेपाली पक्षलाई नभएको नेपाल आयल निगमका अधिकारीहरु बताउँछन् । निगमका उपमहाप्रबन्धक शुसिल भटराई पाइपलाइन सुरक्षाको सम्पूर्ण जिम्मा भारतीय पक्षको भएको भन्दै नेपाललाई नोक्सान नहुने बताउँछन् । 

‘इन्धन चोरीको विषयमा मैले पनि भरखर जानकारी पाए, विस्तृत विवरण आएको छैन हामीलाई, पाइपलाइन विस्तार हुँदा नै सुरक्षाको सम्पूर्ण जिम्मा भारतीय पक्षको हुने सम्झौता भएको छ’, उनले भने, ‘नेपाली भागमा चोरी हुने स्थान खासै छैन, हाल चोरी भएको भारतीय खण्डमा हो, त्यसको असर हामीलाई पर्दैन् ।’

विस २०७६ भदौँ २४ गते नेपालका प्रधानमन्त्री केपीशर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा पाइलपालइनको उद्घाटन गरेका थिए । निगमले परीक्षणको सुरुमा विस्तार गरिएको पाइपलाइनबाट फाइदा भएपछि उक्त पाइपलाइन चितवनसम्म विस्तारको तयारी गरेको छ भने भारतको सिलुगढीबाट झापामा नयाँ पाइपलाइन विस्तारको अध्ययन गरिरहेको छ । 

भारतमा पाइपलाइन सुरक्षाका लागि छुट्टै सुरक्षा निकाय गठन भएको छ भने नेपालमा कानुन नबन्दा नेपाली सेनालाई पाइपलाइन सुरक्षाको जिम्मा दिइएको छ ।

Share Your Thoughts

Recent News

Main News

TRENDING

Close in 7


Bizpati.com © 2020. All Rights Reserved